प्रमिलालाई सिद्धी–सेतुली स्मृति पुरस्कार

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
pramila-tajhya_Fotor

पोखरा, १ माघ । पोखराकी समाजसेवी प्रमिला तझ्या श्रेष्ठलाई ‘सिद्धि–सेतुली स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।

सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले प्रत्येक २ वर्षमा प्रदान गर्ने सो पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ ।

पोखरामा रहेर बालबालिका, एकल महिला र ज्येष्ठ नागरिकका क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदैआएका महिलालाई सो पुरस्कार प्रदान गरिँदैआएको छ ।

प्रमिला मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकी प्रदेश अध्यक्ष तथा पोखरा उपत्यका बृहत् सफाइ अभियानका अभियन्ता समेत हुन् ।

यस्तै, प्रतिष्ठानले ‘सानिमा स्मृति पुरस्कार’ समाजसेवी हेमबहादुर गुरुङलाई प्रदान गर्ने भएको छ ।

विश्वरत्न शाक्यकी सानिमाको स्मृतिमा स्थापित १० हजार राशिकै सानिमा स्मृति पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो। अपांगता भएका हेमबहादुर अपाङ्ता अधिकारका अभियन्ता हुन्।

सिद्धि–सेतुली स्मृति प्रतिष्ठानले सेतुलीमाया शाक्यको १२ औं वार्षिकी अवसरमा माघ ७ गते ती दुवै पुरस्कारद्वारा उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ।

‘सानिमा स्मृति पुरस्कार तथा सम्मान’ का लागि संस्थापक संरक्षक विश्वरत्न शाक्यका परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापना भएको प्रतिष्ठानका अध्यक्ष नरेन्द्रमान लालचनले जनाए ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width