प्रधानमनत्रीले आज देशवासीको नाउमा सम्वोधन गर्ने

एजेन्सी
फागुन २, २०७५
kp-oli


पोखरा, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीवार आज देशबासीलाई सम्बोधन गर्दैछन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशबासीलाई सम्बोधन गर्न लागेका हुन् ।

देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम अपराह्न ४ बजे निर्धारण गरिएको छ । प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारको १ वर्षको उपलब्धि र भावी योजना समेटिने उनको सचिवालयले जनाएको छ ।

उनले विकास निर्माण, प्रधानमन्त्री रोजगार कार्यक्रम, जलविद्युत, संविधान र संघीयता कार्यान्वयनमा वढी जोड दिने वताइएको छ । ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ । पहिलोपटक उनी ०७२ असोज २४ गते प्रधानमन्त्री बनेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width