प्रदेशस्तरीय क्यान इन्फोटेकको सात दिने मेला पोखरामा

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
lamgung photo_Fotor

लमजुङ, ५ फागुन।  यस वर्षको प्रदेशस्तरीय क्यान इन्फोटेक– २०१९ को सात दिने मेला पोखरामा हुने भएको छ।  कम्प्युटर एशोसिएसन नेपाल(क्यान) महासंघ कास्कीले लमजुङको सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट गरी यस्तो जानकारी दिइएको हो।

कम्प्युटर एशोसिएसन नेपाल(क्यान) महासंघ कास्कीका सचिव विकास भुतेर्लले फागुन फागुनको तेस्रो साता पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा उक्त मेला हुने जानकारी दिए।  सूचना प्रविधिको विकास एवं प्रवद्र्धन, सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्य सहित इन्फोटेक गर्न लागिएको हो।

दसौं संस्करणको प्रदेश स्तरीय ‘भायानेट क्यान इन्फोटेक– २०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’ को आयोजना गर्न लागिएको हो, भुतेर्लल भने।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर रहेको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताए।

उनका अनुसार आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरूको प्रदर्शनी एवं बिक्री वितरण गरिने आयोजकको भनाई छ।

मेलाबाट भएको आम्दानी अर्थात बचत रकम विगत वर्षमा जस्तै सूचना तथा प्रविधिको विकासमा खर्चिने जानकारी दिदै सो मेला सफल बनाउन विभिन्न २६ उपसमितिहरूको गठन गरिएको  छ।

कार्यक्रममा पत्रकारले राखेको जिज्ञासाका बारेमा क्यान इन्फोटेक गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले जवाफ दिएका थिए।  उनका अनुसार सो मेलामा २१ लाख खर्च हुने र २५ लाख आम्दानी गर्ने योजना रहेको जानकारी दिइएको थियो।

गण्डकी प्रदेशका अध्यक्ष पत्रकारहरू र विद्यार्थीका लागि निःशुल्क प्रवेशको प्रवन्ध गरिएको बताइएको छ।

क्यान लमजुङका अध्यक्ष रुपेश खतिवडाको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको क्यान लमजुङका पूर्वजिल्ला अध्यक्ष श्रीकृष्ण लामिछानेले बताए।  आयोजक टिमले तनहुँमा पनि पत्रकार सम्मेलन गरेको जानकारी दिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width