पोखरा भरतपुर उडान भरिने

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
shree-airlines photo

पोखरा, माघ २४ । काठमाडौंबाट ६ वटा ठाउँमा उडान गर्दै आएको श्री एयरलाइन्सले फागुन अन्तिमबाट पोखरा र भरतपुरमा उडान गर्ने भएको छ । उक्त एयरलाइन्सले बमवार्डियर क्यू ४०० जहाजबाट काठमाडौं (पोखरा (काठमाडौं उडान गर्ने तयारी थालेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि कम्पनीले पाइलटलाई तालिमका लागि इथोपियन एयरको तालिम केन्द्रमा पठाउने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा दुई वटा जहाजबाट घरेलु उडान गर्न सुरु गर्ने जनाएको छ । पोखरा र भरतपुरमा उड्ने जहाज ७८ सिटका हुनेछन् ।

एयरलाइन्सले बम्बार्डियर कम्पनीले बनाएको टर्बोपर्प इन्जिन ल्याउन लागेको हो ।श्री एयरलाइन्सले अन्तर्रा्िष्ट्रय उडानको अनुमति पाएको छ । करिब २ वर्षदेखि लाइसेन्सका लागि प्रक्रियामा गएको श्रीले सोमबार लाइसेन्स पाएको कम्पनीले जनाएको छ । गतवर्षको भदौबाट व्यावसायिक यात्रा सुरु गरेको श्री एयरलाइन्सले पहिलो पटक अन्तर्रा्िष्ट्रय लाइसेन्स पाएको हो ।

श्रीले तीन वटा जहाज उडाउन सक्छ । उक्त कम्पनीसँग चार वटा जहाज भएपनि अन्तर्रा्िष्ट्रय उडानका लागि तीन वटाको मात्र अनुमति छ । श्रीसँग बम्बार्डिएरको ५० सिटका दुइटा र ७० सिटका दुइटा गरी चार वटा जहाज छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width