पोखरा,२३ माघ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबीच मंगलवार भेट भएको छ। मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आएका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ति अमेरिकाले सँधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
शिक्षाको जग बसाल्न प्राथामिक शिक्षामा विषेश सहयोग गर्न तयार रहेको राजदूत बेरीले बताए। आफूसँग शिक्षा क्षेत्रको धेरै अनुभव भएको र शिक्षा क्षेत्रकै व्यक्ति भएको भन्दै राजदूत बेरीले अनुभव साट्न र समग्र शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्न भेट्न चाहेको बताएको शिक्षा मन्त्रालयले जनाएको छ ।
बेरीले नेपालका विद्यालयहरूमा अंग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयम सेवकहरूलाई भिसा प्रक्रिया सहज बनाइदिन पनि अनुरोध गरेका थिए। राजदूत बेरीले सन् १९६२ मा स्थापना भएको लिङ्कन स्कुलमा अंग्रेजी भाषा पढ्न चाहने विद्यार्थीलाई सहज वातावरण मिलाइदिन पनि नेपाल सरकारसँग अनुरोध गरेको शिक्षा मन्त्रीका प्रेस संयोजक सुनिल खड्काले बताए।
भेटमा मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए। र, सहयोगको निरन्तरताको अपेक्षा पनि गरिएको बताए। विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्राराम्भिक कक्षा पढाइ कार्यक्रमले १० लाख बालबालिका लाभान्वित भएको भन्दै मन्त्री पाखरेलले यस्ता कार्यक्रमको सकारात्मक नतिजालाई हेरेर नेपाल सरकारले क्रमैसँग सबै जिल्लामा कार्यक्रम विस्तार गर्ने नीति सुरू गरेको बताए।
Related News
सम्बन्धित समाचार
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
वन्यजन्तु सप्ताहमा चरा अवलोकन
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१