पोखरा, २ फागुन । महानगरीय प्रहरी परिसर काठमाडौंले पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक डा. गोपाल शिवकोटी (चिन्तन)लाई पक्राउ गरेको छ ।
दुई करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सहप्राध्यापक शिवाकोटी लगायतका व्यक्तिले कानून विश्वविद्यालय खोल्ने भन्दै दुई करोड ७६ लाख ठगी गरेको थिए । उनलाई प्रहरीले मंगलबार कीर्तिपुरबाट पक्राउ गरेको हो ।
शिवाकोटीसँगै नुवाकोटका बद्रीकुमार थापा पनि पक्राउ परेका छन् । उनलाई बाँनियाटारबाट पक्राउ गरिएको हो । उनीहरु मिलेर ६० जना भन्दा बढी व्यक्तिलाई ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।
शिवाकोटीको समूहले ‘मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । शिवाकोटीले नेपाल ल क्याम्पसमा समेत प्राध्यापन गराएका थिए । उनले कानुनमै अमेरिकाबाट पिएचडी समेत गरेका थिए । गेसोले वेलायतमा समान पेन्सन लगायतको बिषयमा दायर गरेको मुद्दामा समेत उनले हेदै आएका थिए ।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
अन्नपूर्णमा अख्तियारको अन्तरक्रिया
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०