खैरेनीटार, २४ माघ । शुक्लागण्डकी नगरपालिकाको विहीवार बसेको नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक वर्षको योजनामा नगरपालिकाभित्र कुवाबाट डोकोमा पानी बोकेर खानुपर्ने गाउँहरुलाई पहिलो प्राथमिकतामा राखेको छ ।
यस्तै, नगरपालिकाभित्र खानेपानी सञ्चालन भएको तर रिजर्भ ट्याङ्की मर्मत गर्नुपर्ने र टुटेफुटेका पाइपहरु फेर्नुपर्ने खानेपानीका आयोजनालाई दोस्रो प्राथमिकता र कुवा धाराहरु संरक्षण र मर्मत गर्नुपनेर्लाई बैठकले तेस्रो प्राथमिकता दिएको छ । प्राथमिकता अनुसारका स्थलहरुको अनुगमन गरी प्राविधिक स्टमेट अनुसार योजना सम्पन्न गर्नको लागि १ करोड ४४ लाख ५० हजार बजेट बिनियोजन गर्ने निर्णय भएको नगर प्रबक्ता खिमबहादुर कुमालले जानकारी दिए ।
प्रवक्ता कुमालले नगरपालिकाभित्र सार्वजनिक जग्गाहरुमा नगरपालिकाको अनुमतिबिना अबैधरुपमा उत्खनन् गरेकालाई प्रदेश सरकारको दररेट एक घन मिटरको एक सय एकचालिस रुपैयाको दरले राजश्व असुली गर्ने र वडा ५ मा रहेको प्रोफर क्रसर उद्योग, वडा ७ मा रहेका शिवशक्ति क्रसर उद्योग र मिलिजुली क्रसर उद्योगहरुलाई राजश्व असुली जरिवाना गर्ने निर्णय गरिएको जनाए ।
उनले पहिलो पटक अनुमतिबिना उत्खनन् गनेर्लाई सम्पूर्ण घन मिटरको वीस प्रतिशत रकम दोस्रो पटकमा १ सय प्रतिशत साथै तेस्रो पटकमा सम्पूर्ण सामाग्री र सामान जफत तथा उद्योग बन्द गर्न सक्ने निर्णय भएको समेत बताए ।
कार्यपालिकाले नगरपालिकाको शिक्षा शाखाबाट पेश भएका वडा ६ मा रहेको खैरेनी माध्यमिक विद्यालय, वडा ८ मा रहेको गाउँफोर्दय माध्यमिक विद्यालय, वडा ५ मा रहेको जनकल्याण माध्यमिक विद्यालय, वडा ३ मा रहेको सहिद कृष्ण माध्यमिक विद्यालय, वडा १ थप्रेकमा रहेको सरस्वती माध्यमिक विद्यालय, वडा ७ शेराटारमा रहेको कुस्मावती प्राथमिक विद्यालय, वडा १० लोकतेटारमा रहेको सूर्य प्राथमिक विद्यालय र वडा १२ प्यूरीदोभानमा रहेको जनशिशु प्राथमिक विद्यालयहरुलाई नमूना विद्यालय छनोट मापदण्ड र विद्यालय सुधार कार्यक्रम पास गर्ने निर्णय गरेकोछ।
नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाहरुको लगत राखी सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका भौतिक संरचनालाई तुरुन्त रोक्ने निर्णय गरिएको जानकारी समेत नगरप्रवक्ताले दिए ।
Related News
सम्बन्धित समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
hero news full width
मुख्य समाचार
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा : बन्यो संयुक्त संघर्ष समिति
वैशाख १०, २०८१अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
वैशाख ९, २०८१