जम्यो गजलको मेहफिल

एजेन्सी
माघ १४, २०७५
gajal_Fotor

पोखरा, १३ माघ । पोखरामा हुँदै आएको नियमित गजल वाचनको शृंखलामा शनिबार डेढ दर्जन गजल सुनिए। वाचनको १ सय ८७ औं शृंखलामा विभिन्न विषयका डेढ दर्जन गजल सुनिएका हुन्।

गजल सन्ध्या पोखराले महिनाको दोस्रो शनिबार ‘गजलको उत्थानः हाम्रो अभियान’ नारासहित दिएर डेढ दशकभन्दा लामो समयदेखि नियपिमत गजल वाचनको शृंखला चलाउँदै आएको छ। गजलमा कलम चलाइरहेका पुराना पुस्तादेखि भर्खर कलम दौडाउन भर्खर शुरु गरेका गजलकारसम्म शनिबार वाचनमा सहभागी बने।

गजलकारले सरकारमाथि ब्यंग्यमात्रै गरेनन्, खबरदारी पनि गरे। निर्मला हत्याकाण्डदेखि समसामयिक विषयमा लेखिएका गजल एकै मञ्चमा गुञ्चियो। कार्यक्रममा काठमाडौंदेखि पोखराको गजल वाचनमा सहभागी भएका बाबु त्रिपाठीले ३ गजल सुनाए। उनले ताली र वाहवाही बटुले।

डा वसन्त गौतम, लक्ष्मण थापा, सञ्जीव पौडेल, कपील शर्मा, अल्पज्ञानीका गजलले उस्तै मायामात्रै पाएन, हासो र माहोललाई रोमाञ्चक बनायो। कार्यक्रममा रुपिन्द्र प्रभावीले बाल गजल सुनाए। बालिका अभिलासी, देवी त्रिपाठी, शिव शंकल्प, अनिका सापकोटा, कमलराज रेग्मी, ईश्वर सुवेदी, सरोज केसी लगायतले गजल वाचन गरे।

गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले सन्ध्याले चलाउँदै आएको गजल वाचनको एक पाठशालामात्रै नभएर निरन्तर चल्ने अभियान भएको बताए।

सन्ध्याका सचिव वसन्त विनोदले सन्ध्याले गर्ने गजल वाचनको शृंखला सिक्ने, वाचन गर्ने र सुन्ने साझा थलो भएको बताए। सन्ध्या र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रा यसपाली स्याङ्जामा हुने आयोजकले जानकारी दिएको छ।

‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर माघको शृंखलामा स्याङ्जाको कोल्मा बहाकोटसम्म पोखरा, तनहुँ र आसपासका अक्षरयात्री जाने अध्यक्ष सुवेदीले बताए।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width