जनवादी गायक शर्मा सम्मानित

आदर्श समाज सम्वाददाता
माघ ३, २०७५
Jeevan sharma sammanit pokhara mahotsav_Fotor

पोखरा, २ माघ।  अमरसिंहचौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मा सम्मानित भएका छन्।

आयोजक युनाइटेड क्लबले नवांै संस्करणको सो महोत्सवमा नेपाली लोकसंस्कृति माध्यमबाट नेपाली समाज परिवर्तनमा पुर्याएको योगदानलाई कदर गर्दै शर्मालाई सम्मान गरेको हो ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, महोत्सव मूल आयोजक समिति तथा क्लबका अध्यक्ष लालकाजी गुरुङ, प्रथम उपाध्यक्ष तथा महोत्सव सांस्कृतिक व्यवस्थापन संयोजक राजु श्रेष्ठ, सचिवालय संयोजक लोकबहादुर थापा लगायतले शर्मालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए।

सम्मानित शर्माले आफ्नो प्रस्तुति राख्दै हिमाली, पहाडी मधेशी हामी सबै नेपाली, बहुचर्चित सबैको मनमा बस्न सफल सिमली छायामा बसी र यसपालि त यस्तै भो आमा भन्ने पञ्चेबाजाको गीत प्रस्तुत गर्दा महोत्सवमा उपस्थित दर्शकले नाचेर साथ दिएका थिए ।

क्लबले यसअघि नेपाली लोपोन्मुख ठाडो भाकाका सर्जक भेंडीखके साइला (दीर्घराज अधिकारी), माया गुरुङ र उमा गुरुङलाई सम्मान गरिसकेको प्रचारप्रचार संयोजक शान्तबहादुर थापाले जानकारी दिए।

बुधबार चर्चित लोकदोहोरी गायिका राधिका हमालको दोहोरी र एकल प्रस्तुतिले महोत्सवमा थप रौनक प्रदान गर्यो ।

बहुचर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, शिवहरि ढुंगाना, कृष्ण सुवेदी, सीता केसी, सजना बास्तोला, रनु गुरुङ, प्रेमराज अधिकारी लगायतको प्रस्तुति रहेको थियो । हास्य ब्यङ्ग्यतर्फ घिरौले र सापटीको प्रस्तुतिमा दर्शक रमाए ।

बुधबार पोँचोको तमु समाज पोखरा–१४ को बाह्रमासे घाटुको प्रस्तुति रहेको थियो भने तरेली सांस्कृतिक परिवारको नृत्य देखाएको थियो। साँझ मेलिना राई र स्कार्डस जर्नीको लाइभ ब्याण्ड प्रस्तुतिले महोत्सवमा रौनकता थपिएको थियो।

बिहीबार लोकदोहोरीतर्फ ज्योति मगर, जीवन दाहाल, माधव चापागाईं, आयुस परियार, कृष्णा गुरुङ, लक्ष्मी नेपाली, सीता परियार लगायतको प्रस्तुति रहनेछ । हास्यब्यङ्ग्यतर्फ दीपक थापाको प्रस्तुति रहने महोत्सव सांस्कृतिक संयोजक राजु श्रेष्ठले जानकारी दिए।

सांस्कृतिक कार्यक्रमतर्फ तरेली सांस्कृतिक परिवारको लोक संस्कृति प्रस्तुत हुनेछ भने लालीगुराँस पुन मगर समाज लामाचौरको धौलागिरी क्षेत्रमा प्रचलित लोपोन्मुख मगर संस्कृतिमा आधारित थाली नाच प्रस्तुति रहने छ भने लाइभ ब्याण्डतर्फ दीपक बज्राचार्य एण्ड रिदम ब्याण्ड देखा पनेर्छन् । महोत्सव माघ ८ सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width