ग्रामप्रकाशमा सम्मान

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
hemja gram prakesh school photo_Fotor

हेमजा, २८ माघ। हेमजास्थित ग्रामप्रकाश आधारभूत विद्यालयको ६० औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सोमवार सम्पन्न भयो। त्यस अवसरमा पढाइ उत्सवसमेत भयो ।

प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले बालबालिकाले सजिलै शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनाउँदै कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्याभन्दा बढी शिक्षक भएको भन्दै गुनासो गरे।उनले विद्यार्थी संख्या आधारमा विद्यालय खाजा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्घता पनि व्यक्त गरे।

सो अवसरमा स्रोतव्यक्ति भीमराज शर्मा पौडेल, हिमालय बौद्घ फाउन्डेसनका सल्लाहकार रामचन्द्र त्रिपाठी, समाजसेवी मधुसुदन त्रिपाठी, देवकृष्ण पौडेल, भूतपूर्व अध्यक्ष धर्मजंग कुँवर, अभिभावक नारायणप्रसाद पौडेल लगायतले पनि भनाइ राखेका थिए।

उनीहरुले विद्यालय खाजा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने तथा शैक्षिक गुणस्तर बढाउनुपर्ने सुझाव दिए।

कार्यक्रमबीच स्थानीय कुलचन्द्र बास्तोलाले खाजा कार्यक्रम अक्षयकोषमा ४० हजार सहयोग गरेका थिए।

कार्यक्रममा विभिन्न व्यक्ति एवं संघसंस्थालाई सम्मान गरियो । सम्मानित हुनमा शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष धर्मजंग कुँवर, भूपू अध्यक्ष नारायणप्रसाद पौडेल, भूपू प्रअ जान्हवी त्रिपाठी र राधिका कुँवर, विद्यालयका अध्यक्ष नगेन्द्रराज पौडेल, हिमालय बौद्घ फाउन्डेसनका अध्यक्षकुमार गुरुङ, वडाध्यक्ष शोभाकर तिम्सिना, स्थानीय गंगादेवी पौडेल, समाजसेवी रामचन्द्र त्रिपाठी, तिलबहादुर भुजेल, खिममाया अधिकारी, दया सापकोटा, नेपाल जापान एजुकेशन सपोर्ट क्लब रहेका छन्। त्यस्तै वर्ष अभिभावकबाट सम्झना थापा सम्मानित भइन् ।

प्रधानाध्यापक मनहरि तिम्सिनाले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पादै खाजा कार्यक्रम संचालनपछि स–साना विद्यार्थी पनि नियमित विद्यालय आउने गरेको बताए। उनले विद्यालयमा फर्निचरको अवस्था नाजुक रहेको पनि औँल्याएका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्रराज पौडेलले विद्यालयले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेको भनाइ राखे।

पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा शिक्षिका इन्दिरा लम्सालले स्वागत तथा शिक्षक प्रेमबहादुर कुँवरले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width