गण्डकी मेडिकल कलेज विवाद

विद्यार्थीले थाले रिले अनसन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
gandaki collage_Fotor

पोखरा, २७ माघ। सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीले आईतबारदेखि रिले अनसन थालेका छन् ।

नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले तोकेभन्दा बढी अबैध रुपमा कलेजले शुल्क लिएको भन्दै उनीहरु बढी रकम फिर्ताको माग सहित माघ १७ गतेदेखि आन्दोलनमा छन् । हरेक बर्षजसो विद्यार्थी शुल्कको विरोधमा आन्दोलन गर्छन् । तर कलेजले अबैध शुल्क लिन छोडेको छैन ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका छन् । तर प्रशासनले समेत कारबाहीमा चासो नदिएको उनीहरुको आरोप छ । आन्दोलन गरेको आधा महिना भैसक्यो, विद्यार्थीको माग कसैले सुनेन । न कलेज प्रशासन बार्तामा आउँछ, न प्रशासनले कारबाही गर्छ, विद्यार्थी प्रविन गौतमले भने–हाम्रो माग पूरा नभएसम्म रिले अनसन जारी हुन्छ ।

कलेजले सबै विद्यार्थीसँग बषेर्नी तोकिएभन्दा १ देखि ३ लाखसम्म बढी रकम असुलेको विद्यार्थीहरुले बताए । विद्यार्थीले गरेका आन्दोलनलाई अभिभावकहरुले समेत सहयोग गरेका छन् । एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, ब्याचलर इन फामेर्सी, बिएस्सीका विद्यार्थीले आन्दोलन थालेपछि कलेजको पढाई समेत ठप्प छ । एक सातादेखि कलेजमा तालाबन्दी छ । त्यसपछि पनि नसुनेको भन्दै माघ २२ गते अस्पतालको ओपिडी तथा सुपरिटेण्डेण्टको कार्यकक्षमा विद्यार्थीले सामुहिक तालाबन्दी गरे । तर कलेज प्रशासनले चाहीँ अवैध रुपमा शुल्क नलिएको दावी गर्छ । अस्पतालको ओपिडी सेवा बन्द गरेकै दिन सहायक डीन प्राडा. राजेन्द्र प्रसाद शर्मा गुरागाईले विद्यार्थीको मागबारे सबै रिपोर्ट पठाउन र तत्काल पठनपाठन सुरु गर्न पत्र पठाएका थिए । कलेज प्रशासनले चाहीँ संस्थानले अनुगमन गर्ने र संस्थानकै निर्णय कार्यान्वयन गर्ने भन्दै डिनले लेखेको पत्रको जवाफ फर्काएको छैन । ‘हाम्रो अनुगमन गर्ने भिसीले हो । डिनले पठाएको पत्र मान्नुपर्ने बाध्यता छैन, कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले भने–भिसी कार्यालयले गरेको निर्णय हामी स्विकार्छौ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width