पोखरा, २ फागुन । कालिका लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष कृष्ण खाँणले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष अध्यक्ष खाँणले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।संस्थाको ९औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सर्वसम्मत निर्विरोध निर्वाचित भएका थिए । त्यसपछि बसेको संचालक समितिको १६५औं बैठकले संचालक खाँणलाई अध्यक्षमा चयन गरेको थियो ।
सपथग्रहण कार्यक्रममा संस्थाका सर्वसाधारण तर्फका संचालक विश्वराज नेपाल, करुणा पोख्रेल, प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा राष्ट्रबैंकका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
संस्थाले २०७५ माघ मसान्तसम्ममा २५ जिल्लाका ७० वटा शाखा कार्यालय मार्फत करिव ३३ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । संस्थाले सदस्यहरुबाट ६१ करोड ६१ लाख निक्षेप संकलन सहित १अर्ब ६० करोड कर्जा लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले बताए ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१