करेन्ट लागेर बालकको मृत्यु

रासस
माघ २७, २०७५
pool

दमौली, २७ माघ । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार राति एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालकको शव दमौली अस्पतालमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width