एपिएफको विजयी शुरुवात

मनकामना केवुलकार पोखरा कप

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५
Durga1_Fotor

उद्घाटन खेलमा मंगलबार एपिएफ र हिमालयन शेर्पाका खेलाडी बल आफ्नो पक्षमा पार्ने प्रयासमा । तस्वीर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज

पोखरा, १५ माघ । छैटौं संस्करणको मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिता–२०७५ मा सशस्त्र प्रहरी बल (एपिएफ) ले विजयी शुरुवात गरेको छ ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा शुरु प्रतियोगिता उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै एपिएफले विजयी शुरुवात गरेको हो ।

यस वर्षको लिगमा गोलरहित बराबरी खेलेका एपिएफ र हिमालयन शेर्पा राइनो कपमा भने एफिएफ टाइब्रेकरमा हार बेहोरेको थियो । त्यसको बदला उसले पोखरा रंगशालामा लिन सफल भयो ।

एपिएफको जितमा म्यान अफ दी म्याच घोषित आशिष लामा र कप्तान सुदीप सिंखाकारले गोल गरेका हुन् । हिमालयनका लागि अम्मर डंगोलले एक गोल गरे ।

खेलको २६ औं मिनेटमा एफिएफका आशीष लामाले करिब ३० यार्ड नजिक पाएको बललाई फस्ट बार च्याप्दै गोल गर्दै अग्रता दिलाए।

हिमालयनका अम्मर डंगोलले ५४ औं मिनेटमा डि–बक्सभित्र पाएको बल पोष्टमा चार्ज गरी खेल बराबरीमा पुर्याउन सफल भएका थिए । यद्यपि, हिमालयन ७८ औं मिनेटमा पुगेर अभागी बन्यो । हिमालयनका लागि विदेशी खेलाडी अलिच सिवीईले डि–एरियामा ह्याण्ड गरेसँगै एपिएफले पेनाल्टी अवसर पाएको थियो । जसमा सुदीप सिंखाकारले पेनाल्टीमा कत्ति पनि गल्ति नगरी टिमलाई २–१ गोलअन्तरमा अगाडि बढाए । यसरी लिगमा सातौं स्थानमा रहेको हिमालयन पोखरा कपको पहिलो खेलबाटै बिदा लियो ।

जितपछि एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेकोले जित सम्भव भएको बताए ।

हिमालयन शेर्पाका प्रशिक्षक वीरेन्द्र पुडासैनीले खेलमा राम्रो तालमेल मिल्न नसक्दा र अन्तिम समयमा विपक्षीको ह्याण्डलाई रेफ्रीले पेनाल्टीको अवसर नदिनु हारको मुख्य कारण भएको प्रतिक्रिया दिए ।

पोखरा रंगशालाको भत्किएको प्यारापिटबीचमा पनि अस्थायी प्यारापिट निर्माण गरी आयोजित प्रतियोगिता उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका हुन् ।

माघ २६ सम्म चल्ने प्रतियोगिताअन्तर्गत बुधबार च्यासल क्लब र क्यामरुनको डफिन्स टिम फेमेलीबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजकसहित लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल, ब्रिगेड ब्वाइज, जापानको रिस्सो युनिभर्सिटी र क्यामरुनको डफिन्स टिम फेमेली लगायतले सहभागिता जनाएका छन् ।

यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने एन्फा कास्की महासचिव रमेश कार्कीले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगितामा ५ विधा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिता संचालन गर्न १ करोड १७ लाख लाग्ने र प्रतियोगिताबाट आम्दानी १ करोड २८ लाख ५० हजार हुने आयोजकको विश्वास छ । बचत रकम फुटबल खेलको विकासमा खर्च गरिने पनि अध्यक्ष मिलन गुरुङले बताए ।

पाँचौ संस्करणसम्म निरन्तर आयोजित सो प्रतियोगिताले २ वर्षपछि पुनः निरन्तरता पाएको छ । प्रतियोगितालाई मनकामना केवलकारले मुख्य प्रायोजन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width