एनसेलसँगको बक्यौता रकम उठाउन अर्थ समितिको निर्देशन

एजेन्सी
माघ २८, २०७५
ncell

काठमाण्डौं, २७  माघ । एनसेलसँगको बक्यौता  रकम उठाउन प्रक्रिया थाल्न अर्थ समितिले अर्थ मन्त्रालयलाई  निर्देशन दिएको छ ।

अर्थ समितिको आइतवार बसेको बैठकले एनसेलसँगको उक्त बक्यौता  रकम उठाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ  छ।

अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो। त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम ४ करोड रुपैयाँ रहेको मन्त्रालयलेउल्लेख गरेको छ । समितिको बैठकले एनसेलको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालय लगायतका सम्बन्धित निकायलाई निर्देशन जारी गरेको छ। एक महिनाभित्र उक्त रकम उठाउन निर्देशन दिएको छ । बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सवोर्च्च अदालतको फैसलाको पूर्णपाठ हेर्नु पर्ने वताए ।

दायित्व कसलाई तोकेको हो त्यसलाई आधार मानेर अघि बढ्नु पर्छ’ मन्त्री खतिवडाले भने, पूर्णपाठ नहेरी अहिले नै पुँजीगत लाभकर उठाउने प्रक्रिया थालनी गर्न सकिँदैन । उनले एनसेलको खरिद बिक्रीमा कति लाभकर लाग्छ भन्ने आँकडा पनि अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र बताउन सक्ने वताए ।

अदालतले पूँजीगत लाभकर तिराउने फैसाला गरेको छ ।  कम्पनीलाई अदालतले कानुनी दायरामा ल्याएको छ। समितिले आजसम्म सरकारले एनसेलसम्बन्धी गरेको सबै निर्णय पठाउन अर्थ मन्त्रालयलाई निर्देशन गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width