आमा मिलन केन्द्र सहकारीको नवनिर्मित भवनको उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
Aama Meelan Kendra_Fotor

पोखरा, २७ माघ ।  पोखरा महानगरपालिका वडा नं ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आमा मिलन सहकारीले छोटो समयमा अलग पहिचान बनाउन सफल रहेको बताइन् । आफू र अरुलाई समेत बचाउने माध्यम सहकारी रहेको दावी गरिन् ।

सहकारीहरु समृद्धिको संवाहक रहेको चर्चा गर्दै सहकारी संस्थामार्फत गरिवी हटाउन र रोजगारी सिर्जना गर्न सकिने औंल्याए । सहकारीहरु नमुना बन्नुपनेर्मा जोड दिदै मन्त्री अर्यालले मानिसहरुलाई उत्पादनसँग जोड्न आग्रह गरिन् ।

उनले सहकारीको कर बृद्धि कम गर्ने सरकारको नीति उल्लेख गरिन् । सहकारी नियमावली सहकारीमैत्री बन्ने दावी गरिन् ।

गण्डकी प्रदेश सांसद प्रभा कोइराला आफूहरु सहकारी आन्दोलनमै रहेको चर्चा गरिन् । गण्डकी प्रदेशमा सहकारी विधेयकलाई परिमार्जन गरिने कोइरालाको भनाई थियो । कोइरालाले पैसा लिने र दिनेमात्र नभई सहकारीले उद्यमशीलता र उत्पादनमा जोड दिनुपर्ने बताइन् । सांसद कोइरालाले गण्डकी प्रदेशमा सहकारीको धेरै संभावना रहेको उल्लेख गरिन् ।

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष ईन्दिरा पौडेल, पूर्व अध्यक्षहरु पृथ्वीराज शर्मा तिमिल्सिना र गोविन्द तुलाचन, पूर्व कोषाध्यक्ष स्व.क्या. ऐरबहादुर गुरुङकी धर्मपत्नी धनकुमारी गुरुङ, पत्रकार नारायण शाही जग्गादाता सर्वजित अधिकारी, सूर्यर्प्रसाद बराल, एडीसी विल्डर्स प्रालिका गणेश सापकोटा, सहकारी सन्देश सम्पादक त्रिभुवन पौडेल, अमरनाथ शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । मन्त्री अर्यालले उनीहरुलाई सम्मान गरेकी हुन् ।

कार्यक्रममा संस्थाद्धारा प्रकाशित ‘सहकारी सन्देश’ को विमोचन गरेका हुन् । संस्थाका प्रवन्ध निर्देशक ध्रुवराज पौडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले स्वागत र प्रवन्ध निर्देशक ध्रुवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width