पोखरा, ६ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका—११ राईपुरस्थित आधारभूत माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रमको गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेलले शुभारम्भ गर्दै प्राविधिक शिक्षा प्रदान गर्न आवश्यक भएको वताए ।
सो अवसरमा शुनपा—११ का वडा अध्यक्ष दलबहादुर थापा, फिरफिरे श्रोत केन्द्रका श्रोत व्यक्ति धननारायण श्रेष्ठ, पूर्व विव्यस अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री , शिक्षक अभिभावक संघ अध्यक्ष हीमकुमारी पौडेल, विद्यालयका प्रधानाध्यापक ज्ञाननारायण पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो समारोहमा भुपु प्रअ पुर्णबहादुर शाही, शिक्षकहरु नारायणप्रसाद पौडेल, चिरञ्जीवी शाही, उमेश सुनार, जग्गादाताहरु, विशिष्ट आजीवन सदस्यलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियोे ।अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थमनबहादुर आलेको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१