आत्मनिर्भरमा रक्षामन्त्रीको जोड

रासस
माघ १५, २०७५

पोखरा, १४ माघ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले मुलुकलाई आत्मनिर्भर नबनाएसम्म स्वाभिमानी बन्न नसकिने बताएका छन् ।

नेकपा गण्डकी प्रदेश पार्टी कमिटीद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले उत्पादन एवं उद्यमशिलताको विकासका माध्यमबाट आत्मनिर्भर बन्नतर्फ अग्रसर हुन कार्यकर्तालाई निदेर्शन दिए ।

मुलुकमा सरकार र शासनसत्ता परिवर्तन भएको मात्र नभई प्रणालीमा नै परिवर्तन आएको बताउँदै नेता पोखरेलले परिवर्तनलाई आत्मसात गरी अघि बढ्नुको विकल्प नभएको बताए । परिवर्तित संरचना अनुरुप संविधानले व्यवस्था गरे अनुसार कानून निर्माणमा सरकार जुटेको उल्लेख गर्दै नेता पोखरेलले आवश्यक ३३९ कानूनमध्ये हालसम्म २६ वटा मात्र पारित गरिएको जानकारी दिए ।

हालसम्म लगभग १ सय १६ कानून संसद्मा पेश गरिएको जानकारी दिँदै उनले संविधानअनुसार आगामी फागुन मसान्तसम्म कानून पारित गरिसक्नुपर्ने उल्लेख गरे । निर्वाचनमा जनता समक्ष व्यक्त गरिएका प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने कुरामा आफूहरू दृढ रहेको बताउँदै उनले त्यसका लागि पार्टी कार्यकर्ता सङ्गठित हुनुपनेर्मा जोड दिए ।

सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताउँदै उनले पार्टी कार्यकर्ता सङ्गठित बन्दै यसको प्रचारप्रसार गनुपर्ने आवश्यकता औँल्याए ।

कानून नबनेका कारण जन अपेक्षा पूरा हुन नसकेको वास्तविकतामा सरकारलाई असफल बनाउने षडयन्त्र भैइरहेको बताउँदै नेता पोखरेलले षडयन्त्रलाई चिर्दै अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width