आकुराईको छैटौं शाखा पोखरामा

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
akurai_Fotor

पोखरा, २८ माघ । आकुराई एजुकेशन कन्सल्टेसीले आफ्नो छैटौं शाखा पोखरा सिद्धार्थचोकमा विस्तार गरेको छ

जापानमा विद्यार्थी अध्ययनको लागि विशेष सुविधा उपलब्ध गराउने उद्देश्यस्वरुप आइतबार शाखा विस्तार गरिएको कन्सल्टेसी प्रमुख प्रज्ज्वल पौडेलले बताए ।

सन् २०१३ बाट चितवन नारायणगढबाट शुरुवात भएको कन्सल्टेन्सीको बर्दिवास, टाँडी, कावासोती र धनगढी तथा आगामी दिनमा दाङ शाखा विस्तार हुने उनले जानकारी दिए ।

विद्यार्थीलाई जापानीज भाषा, रीतिरिवाज, हावापानी, भौगोलिक अवस्था र रहनसहनबारे विद्यार्थीलाई परामर्श दिइने पोखरा शाखा प्रमुख दोरक थापाले जानकारी दिए। हालसम्म पाँच सय बढी विद्यार्थी विद्यार्थी भीसामा जापान पठाइसकिएको समेत उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width