८४८ उपसचिवको समायोजन

rss रासस
माघ २५, २०७५

काठमाडौँ, २४ माघ । सरकारले ८ सय ४८ उपसचिवको समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८ सय ४८ उपसचिवको समायोजन गरिएको बताए ।

उनका अनुसार संघमा ८ सय ३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ ।

समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेका छन् । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।

उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताए ।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गदैर्छ ।

सरकारले यसअघि सचिवको समायोजन गरिसकेको छ भने सहचिवको समायोजन प्रक्रिया स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ ।

कूल ६ सय ६२ सहसचिवमध्ये संघमा ५ सय ६० र प्रदेशमा १ सय २ सहसचिवको समायोजन हुनेछ ।

डोकोमा पानी बोक्नेलाई प्राथमिकता

आदर्श समाज सम्वाददाता
माघ २५, २०७५
डोकोमा पानी बोक्नेलाई प्राथमिकता
खैरेनीटार, २४ माघ । शुक्लागण्डकी नगरपालिकाको विहीवार बसेको नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक वर्षको योजनामा नगरपालिकाभित्र कुवाबाट डोकोमा पानी बोकेर खानुपर्ने गाउँहरुलाई पहिलो प्राथमिकतामा राखेको छ । यस्तै, नगरपालिकाभित्र खानेपानी सञ्चालन भएको तर रिजर्भ ट्याङ्की मर्मत गर्नुपर्ने र टुटेफुटेका पाइपहरु फेर्नुपर्ने खानेपानीका आयोजनालाई दोस्रो प्राथमिकता र कुवा धाराहरु संरक्षण र मर्मत गर्नुपनेर्लाई बैठकले तेस्रो प्राथमिकता दिएको छ । प्राथमिकता अनुसारका स्थलहरुको अनुगमन गरी प्राविधिक स्टमेट अनुसार योजना सम्पन्न गर्नको लागि १ करोड ४४ लाख ५० हजार बजेट बिनियोजन गर्ने निर्णय भएको नगर प्रबक्ता खिमबहादुर कुमालले जानकारी दिए । प्रवक्ता कुमालले नगरपालिकाभित्र सार्वजनिक जग्गाहरुमा नगरपालिकाको अनुमतिबिना अबैधरुपमा उत्खनन् गरेकालाई प्रदेश सरकारको दररेट एक घन मिटरको…

काउन्सिलले ‘क’ वर्गका पत्रिका अनुगमन गर्ने

rss रासस
माघ २५, २०७५
काउन्सिलले ‘क’ वर्गका पत्रिका अनुगमन गर्ने
काठमाडौँ, २४ माघ । प्रेस काउन्सिल नेपालले प्रदेश ३ अन्तर्गत ‘क’ नम्बरमा वर्गिकरणमा परेका विभिन्न पत्रपत्रिकाको अनुगमन गर्ने भएको छ। काउन्सिलले प्रदेश नम्बर ३ का काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक १० जिल्लाका पत्रपत्रिकाको अनुगमन गर्न लागेको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले जानकारी दिए। “यो अनुगमन प्रेस काउन्सिलले गर्ने स्वअनुगमन हो, आचारसंहिता अनुगमन छापा शाखा आफैँले जिम्मेवारीबोध गरी यस्तो अभियान गर्न लागेको हो”, उनले भने। सूचना प्र्रविधि/अभिलेख/आचारसंहिता अनुगमन (विद्युतीय) र आचारसंहिता अनुगमन (छापा) शाखाका संयोजकसमेत रहनुभएका खनालले यसका लागि निश्चित…