हिमाली सांस्कृतिक परिवारको स्रष्टा सम्मान

हिमाली सांस्कृतिक परिवारको स्रष्टा सम्मान

स्रष्टा सम्मान गर्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ। तस्वीर : आदर्श समाज

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५

पोखरा, १५ माघ। हिमाली सांस्कृतिक परिवारले स्रष्टाहरु दानबहादुर गुरुङ र क्षेत्रबहादुर गुरुङलाई सम्मान गरेको छ।

परिवारको २२ औं वार्षिकोत्सव अवसरमा लोकगायक क्षेत्रबहादुर गुरुङलाई नर–चेतन स्मृति पुरस्कार र कलाकार दानबहादुर गुरुङलाई रुद्रबहादुर थापा ‘रुपेनबाबु’ स्मृति पुरस्कार प्रदान गरेको हो।

परिवारमा आबद्ध कलाकार नृत्य निदेर्शक सनबहादुर गुरुङ र वाद्यवादक माधव गुरुङलाई परिवारद्वारा नगद ५ हजार र प्रशंसापत्रद्वारा सम्मान गर्यो। त्यस्तै, समाजसेवी नारायण गुरुङलाई समेत प्रशंसापत्रद्वारा सम्मान गर्यो।

प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले उनीहरुलाई सम्मान गरेका हुन्। नर–चेतन स्मृति पुरस्कार राशि २५ हजार र रुद्रबहादुर थापा ‘रुपेनबाबु’ स्मृति पुरस्कार राशि १० हजार साथमा  दोसल्ला र सम्मानपत्र थियो।

कार्यक्रममा उपकुलपति डा गुरुङले नेपालको लोक संस्कृति समन्वयात्मक रहेको बताए। यहाँको लोक संस्कृतिले नेपालीहरुलाई अलग हुन नदिएको प्राज्ञ गुरुङले प्रष्ट पारे। उनले भने, ‘नेपाली लोक संस्कृतिले सबै नेपालीलाई एक ठाउँमा बाँधेर राखेको छ।’

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी चेतन कार्की, संचारकर्मी प्रकाश सायमी, सम्मानित व्यक्तित्व क्षेत्रबहादुर गुरुङ लगायतले बोलेका थिए।

परिवारका प्रमुख संरक्षक चेतन कार्की र संरक्षक नरबहादुर शेरचनलाई परिवारले सम्मान गरेको थियो। शिक्षाविद् जर्ज जोनले संरक्षकद्वयलाई फेटा लगाउँदै दुबोको माला लगाएर सम्मान गरेका हुन्।

यस्तै, परिवारलाई सहयोग गर्ने सहयोगदाता तमुधिं युकेका अध्यक्ष नन्दजंग गुरुङ, तमु प्येल्हु संघ युकेका अध्यक्ष मेजर खुसीमान गुरुङ र तमुधिं अमेरिकाका अध्यक्ष डम्मरजंग गुरुङलाई सम्मान गरिएको थियो।

त्यस्तै, परिवारप्रति सहयोग पुर्याउँदै आएका सहयोगी दानबहादुर श्रीष, बाबुराम गिरी, विना गुरुङ, राजु गुरुङ, राजु कार्की, राजकुमार भण्डारी, गंगामोहन गुरुङ, कमला गुरुङ र पुरण गुरुङलाई सम्मान गरियो ।

परिवारका प्रमुख संरक्षक चेतन कार्की र संरक्षक नरबहादुर शेरचनले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन्।

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र सचिव श्रीजंग गुरुङले संचालन गरेका थिए।

एपिएफको विजयी शुरुवात

मनकामना केवुलकार पोखरा कप

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५
एपिएफको विजयी शुरुवात
पोखरा, १५ माघ । छैटौं संस्करणको मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिता–२०७५ मा सशस्त्र प्रहरी बल (एपिएफ) ले विजयी शुरुवात गरेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा शुरु प्रतियोगिता उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै एपिएफले विजयी शुरुवात गरेको हो । यस वर्षको लिगमा गोलरहित बराबरी खेलेका एपिएफ र हिमालयन शेर्पा राइनो कपमा भने एफिएफ टाइब्रेकरमा हार बेहोरेको थियो । त्यसको बदला उसले पोखरा रंगशालामा लिन सफल भयो । एपिएफको जितमा म्यान अफ दी म्याच घोषित आशिष लामा र कप्तान सुदीप सिंखाकारले गोल गरेका हुन् । हिमालयनका लागि अम्मर डंगोलले एक गोल गरे । खेलको २६ औं मिनेटमा एफिएफका आशीष…

शुक्रराज माविको स्वर्ण महोत्सव

विद्यालयको मैदानलाई १० लाख बिनियोजनः खेलकुद मन्त्री

एजेन्सी
माघ १६, २०७५
शुक्रराज माविको स्वर्ण महोत्सव
पोखरा, १५ माघ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पोखरा–२२, पुम्दीभुम्दीस्थित शुक्रराज माविको खेल मैदान निर्माण तथा मर्मतका लागि १० लाख रुपैयाँ मन्त्रालयबाट बिनियोजन भएको जानकारी दिएका छन् । विद्यालयको स्वर्ण महोत्सव समारोहको दोस्रो दिन मंगलबार विभिन्न दाता, विद्यालय व्यवस्थापन समिति पूर्व सदस्य, अक्षयकोषदाता, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, पूर्व कर्मचारी लगायतलाई सम्मान गर्दै मन्त्री विश्वकर्माले सो जानकारी दिएका हुन् । विद्यालयमा संचालित प्राविधिक विषय पशु विज्ञानलाई अझ प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने वचन दिँदै उनले अबको शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षा…