हिमपातका कारण मनाङमा तीन सातादेखि ढुवानी ठप्प

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५

हिमपातका कारण मनाङमा तीन सातादेखि ढुवानी ठप्प

लमजुङ, २७ माघ । हिमपात भई सडक र पैदल यात्राको बाटोमा समेत हिउँ जम्न गएका कारणले मनाङमा तीन सातादेखि ढुवानी ठप्प भएको छ ।

मनाङमा तीन सातादेखि हिउँ पन्छाउन नसक्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । हिमपातले खसालेको ढुंगा, ढालेको रूख पन्छाउन नसक्दा मनाङमा खाद्यान्न आपूर्ति तीन सातादेखि ठप्प भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।

उनका अनुसार तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोला नजिकै हिमपातले ठूलो ढुंगा पल्टाएर बाटो अवरुद्ध भएको छ ।

तीन सातादेखि निरन्तर हिउँ पर्न थालेको मनाङमा त्यस समय यता सवारी आवागमन ठप्प भएको प्रजिअ देवकोटाले बताए ।  उनका  अनुसार सडक डिभिजन कार्यालय दमौलीबाट आएका इन्जिनियर तत्काल सडकमा रहेको हिउ हटाउन नसक्ने भन्दै फर्किएर गए । तर पनि सडक कार्यालय दमौलीको सहयोगमा स्याक्र्यु खोलाको ढुङ्गा फुटाएर पहिरो हटाउने तयारी गरिएको प्रजिअको भनाई छ ।

हिमपात हटाउन सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएपनि पुन बुधबारदेखि वर्षा सँगै भएको हिमपातले मनाङको जनजीवन कष्टकर बनेको छ । चामेदेखि तिमाङसम्मको सडक पुरै हिउँले ढाकेको मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्मका गुल्मपति नीलकमल आचार्यले बताए । उनका अनुसार सवारीसाधन तत्काल गुड्न सक्ने अवस्था छैन, गाडी नचल्दा मनाङ ङिस्याङ, चामे सहितका गाउँपालिकाका बासिन्दाले सास्ती खेप्नुपरेको छ । बेसीशहर मनाङ सडक खण्डमा सवारी चलाउने सवारी चालक जीतु तमाङले बाटोभरी हिउँ नै हिउँ भएकाले गन्तव्यमा पुग्न कठिन भएको बताए । उनका अनुसार मानिस हिँड्नै गाह्रो छ, कसरी सामान ल्याउने ? गत बुधबार साँझदेखि वर्षासँगै भएको हिमपातले मनाङमा ५ फिटसम्म हिउँ जमेको छ भने तापक्रम माइनस २० डिग्रीसम्म पुगेको छ ।

धारामा पानी जमेकाले बस्तु चौपायलाई खुवाउन समस्या भएको छ । हिमपातबाट अप्रीय घटना नभए पनि विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर राखेर सुरक्षा सतर्कता अपनाइएको मनाङका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए । उनका अनुसार अनुसार हिउँले बाटो रोकियो । अहिलेसम्म खुलेको छैन । बजारमा खाद्यान्नको अभाव हुने अवस्था देखिन थालेको छ । तिमाङबाट यता गाडी आएको छैन ।

धम्पुस र ब्रेकनबीच मितेरी सम्बन्ध

प्रकाश ढकाल
माघ २८, २०७५
धम्पुस र ब्रेकनबीच मितेरी सम्बन्ध
धम्पुस, २७ माघ। कास्कीको माछापुच्छ्रे गाउँपालिका र बेलायतको ब्रेकन शहरबीच मितेरी सम्बन्ध स्थापना भएको छ । आईतबार धम्पुसमा आयोजना गरिएको विशेष कार्यक्रमका बीच दुई शहरबीच मितेरी सम्बन्ध कायम गरिएको हो । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङ तथा ब्रेकनका मेयर काउन्सिलर म्यान्नी ट्रेलर र टाउन क्लार्क फियोना विलियम्सले सम्बन्धपत्रमा हस्ताक्षर गरेर मितेरी सम्बन्धलाई औपचारिकता दिएका हुन् । दुई देशबीच अन्तर सम्बन्ध स्थापना भएको २ सय बर्ष पुगेपनि गाउँ तहमा सम्बन्ध गाँसिएको यो पहिलो रेकर्ड हो । यो सम्बन्धले नेपाल र बेलायतको अन्तरसम्बन्ध पनि नयाँ उचाईमा पुगेको बताईएको छ । मितेरी सम्बन्धको विशेष समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले मितेरी सम्बन्ध…

गण्डकी मेडिकल कलेज विवाद

विद्यार्थीले थाले रिले अनसन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
गण्डकी मेडिकल कलेज विवाद
पोखरा, २७ माघ। सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीले आईतबारदेखि रिले अनसन थालेका छन् । नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले तोकेभन्दा बढी अबैध रुपमा कलेजले शुल्क लिएको भन्दै उनीहरु बढी रकम फिर्ताको माग सहित माघ १७ गतेदेखि आन्दोलनमा छन् । हरेक बर्षजसो विद्यार्थी शुल्कको विरोधमा आन्दोलन गर्छन् । तर कलेजले अबैध शुल्क लिन छोडेको छैन । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका छन् । तर प्रशासनले समेत कारबाहीमा चासो…