स्पर्स लघुवित्तको अर्धवार्षिक समीक्षा

एजेन्सी
माघ २८, २०७५

स्पर्स लघुवित्तको अर्धवार्षिक समीक्षा

पोखरा, २७ माघ । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरूको लागि आ.ब. २०७५/०७६ को अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

बन्दीपुरमा आयोजित एक दिने समिक्षा गोष्ठीको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सजल खड्काले संस्थाको यस आ.ब.को अर्धबार्षिक प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा चुनौति अवसरहरू, वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीतिबारे सहभागीहरूलाई प्रष्ट पारेका थिए ।

वित्तीय संस्थाका विभागीय प्रमुखहरूले सहजिकरण गरेको उक्त गोष्ठीमा शाखा प्रवन्धकहरूले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौति, रणनीतिबारे  योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ति गर्ने प्रतिवद्धता जनाएका थिए ।  वित्तीय संस्थाले सदस्य विस्तार, ऋणी सदस्य, लगानीमा रहि रहेको कर्जा, बचत र नाफामा उत्कृष्ट हुने शाखा कार्यालयहरू तथा शाखा प्रवन्धकहरूलाई पुरस्कृत समेत गरेको थियो ।

वित्तीय संस्था जनशक्ति व्यवस्थापन विभाग प्रमुख पवन बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा विभागीय प्रमुखहरू र विभिन्न २० वटा शाखाका शाखा प्रवन्धकहरूको सहभागिता रहेको थियो ।

एनसेलसँगको बक्यौता रकम उठाउन अर्थ समितिको निर्देशन

एजेन्सी
माघ २८, २०७५
एनसेलसँगको बक्यौता रकम उठाउन अर्थ समितिको निर्देशन
काठमाण्डौं, २७  माघ । एनसेलसँगको बक्यौता  रकम उठाउन प्रक्रिया थाल्न अर्थ समितिले अर्थ मन्त्रालयलाई  निर्देशन दिएको छ । अर्थ समितिको आइतवार बसेको बैठकले एनसेलसँगको उक्त बक्यौता  रकम उठाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ  छ। अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो। त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम ४ करोड रुपैयाँ रहेको मन्त्रालयलेउल्लेख गरेको छ । समितिको बैठकले एनसेलको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालय लगायतका सम्बन्धित निकायलाई निर्देशन जारी गरेको छ। एक महिनाभित्र उक्त…

गौरीशंकर सहकारीको १३ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
गौरीशंकर सहकारीको १३ औं वार्षिकोत्सव
हेमजा, २६ माघ। गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सव शनिवार सम्पन्न भयो। कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले सहकारीले सामाजिक उत्तरदायित्वका काममा पनि लगानी गर्नुपनेर्मा जोड दिए । उनले राज्यको नीति नियमको परिधिमा सहकारी संस्था पनि रहनुपनेर्मा जोड दिए। उनले एउटै सहकारीमा मात्र कारोबार गर्न आग्रह गरे। त्यस अवसरमा सहकारीका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार रुद्रनाथ पौडेल, शेयर सदस्यतर्फबाट बासुदेव त्रिपाठी लगायतले बोलेका थिए।सहकारीका व्यवस्थापक डम्बरसिंह बस्नेतले संस्थाको वित्तीय अवस्थाबारे जानकारी दिए। कार्यक्रमबीच उत्कृष्ट बचतकर्ताबाट चन्द्रमाया अधिकारी,…