स्थानीय तहको पाठ्यक्रम निर्माणमा नगरपालिका

rss रासस
माघ २८, २०७५

स्थानीय तहको पाठ्यक्रम निर्माणमा नगरपालिका
गलेश्वर, २८ माघ । म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ ।

आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न शुरु गरेको हो । नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको पाठ्यक्रम निर्माण समितिको धार्मिक तथा सांस्कृतिक विषयका संयोजक कृष्णबहादुर बानियाँले जानकारी दिए ।

समितिले विभिन्न विषयसँग सम्बन्धित विज्ञ तथा सरोकारवालासँग छलफल गरेर पाठ्यक्रम निर्माणका लागि सुझाव सङ्कलन गरेको जनाएको छ । म्याग्दी जिल्ला र बेनी नगरपालिकासँग सम्बन्धित विभिन्न विषयलाई समेटेर पाठ्यक्रम बनाउन शुरु गरिएको पाठ्यक्रम निर्धारण समितिका संयोजक सोमनाथ ढुङ्गानाले बताए ।

म्याग्दीका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटन, कृषि, उद्योग, वन, वन्यजन्तुलगायतका विषयलाई पाठ्यक्रममा समेटिने नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले बताए ।

पूर्व उपप्रधानमनत्री अधिकारीको स्वासथ्यमा सुधार

rss रासस
माघ २८, २०७५
पूर्व उपप्रधानमनत्री अधिकारीको स्वासथ्यमा सुधार
काठमाण्डौ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ । श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत छन्। गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारमा सुधार नभएपछि यही माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो। अधिकारीलाई श्वासप्रश्वासलगायत समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। अधिकारीको स्वास्थ्य सामान्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा भगवान कोइरालाले जानकारी दिए। अधिकारीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको छ’ उनले भने। अधिकारीको उपचारमा डा अर्जुन कार्की, डा राजु…

भारतीय पर्यटन व्यवसायीले भने नेपालमा सडक र हवाई सेवामा सुधार गर

rss रासस
माघ २८, २०७५
भारतीय पर्यटन व्यवसायीले भने नेपालमा सडक र हवाई सेवामा सुधार गर
पोखरा, २८ माघ । नेपालमा हवाई सञ्जाल फैलाउन आवश्यक देखिएको आइतबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार समापन कार्यक्रममा परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यस्तो कुरामा जोड दिएका हुन् । भारतीय पर्यटन व्यवसायीले नेपालको हवाई सेवालाई प्रभावकारी बनाउन सुझाव दिएपछि परिषद्ले प्रतिनिधिले नेपालमा हवाई सेवाको सञ्जाल विस्तार गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाल —भारतको काँकडभिट्टा सीमाना नजिकैको चन्द्रगढी विमानस्थलबाट पोखरा…