सौचालय गएकी महिलालाई सर्पले टोक्यो

एजेन्सी
माघ १६, २०७५

सौचालय गएकी महिलालाई सर्पले टोक्यो

पोखरा, १५ माघ : शौच गर्न शौचालय गएकी एक अष्ट्रेलियन महिलालाई सर्पले टोकेको छ। ५९ वर्षिया हेलेन रिचार्ड्स मंगलबार ब्रिसबेनमा रहेका छिमेकीको घर घुम्नको लागि गएकी थिइन्।

छिमेकीको घरमा रहेको शौचालयको कोमोड भित्रै लुकेर बसेको सर्पले रिचार्ड्सलाई टोकेको हो। ५ फिट लामो विषरहित अजिंगरले उनलाई टोकेको जनाइएको छ। उनको अवस्था यतिबेला समान्य छ।

कमोड भित्रको सर्पले टोकेपछि रिचार्ड्स अत्तालिएकी थिइन्। त्यसपछि तत्काल उद्धारको लागि खबर गरिएको थियो। उद्धारकर्ता जाम्सिन जेनलीले सर्पलाई कमोडबाट निकालेका थिए। उनले गर्मी महिनामा सर्पहरु शौचालयमा फेलापर्नु सामान्य भएको बताए।गर्मीका कारण सर्पहरु चिसो स्थानको खोजीमा रहने उनको भनाइ थियो। यतिबेला अष्ट्रेलियामा ४० डिग्रीसम्मको गर्मी छ।

डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेट

एजेन्सी
माघ २३, २०७५
डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेट
पोखरा, २३ माघ । सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेटले भारी बहुमतबाट एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । यो प्रस्तावको पक्षमा ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुले समेत मतदान गरे । ट्रम्पको निर्णयविरुद्ध रिपब्लिकन सांसद नै उभिनुलाई पाटीभित्रको गम्भीर मतभेदको रुपमा समाचार एजेन्सीहरुले चित्रण गरेका छन् । सिनेटमा रिपब्लिकन नेता मिच म्याकनेलले प्रस्ताव पेश गरेका थिए । उनले गत हप्ता भनेका थिए, ‘सिरिया र अफगानिस्तानमा अल कायदा, आईएसआईएस र तिनीहरुसँग सम्बद्ध संगठन हाम्रो राष्ट्रका लागि गम्भीर खतरा बनेका छन् भन्ने तथ्यलाई स्पष्ट रुपमा प्रस्तावमा राखिने छ ।’ यो प्रस्ताव भारी बहुमतबाट पारित भयो । प्रस्तावको…

शिक्षणशैलीले थापालाई अवार्ड

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
शिक्षणशैलीले थापालाई अवार्ड
लमजुङ, ३ माघ। लमजुङका शमशेरबहादुर थापा अन्तराष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन् । विश्वका १ सय ७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपाली नागरिकमा उनी एकमात्र हुन् । आगामी मार्चमा दुवईमा सम्पन्न हुने सो पुरस्कार वितरण समारोहमा आयोजक यूके मार्की फाउण्डेसनले थापालाई पाँच रातका लागि आतेजाते खर्च समेत बेहोर्ने गरी निमन्त्रणा गरिसकेको छ। अनलाइन माध्यमबाट उक्त पुरस्कार दाबी गनेर्मा १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए । तीमध्येबाट ३८ देशका ५० जना छनौैट हुनेमध्ये आफू एकजना…