सुदेश सुन्न खचाखच

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५

सुदेश सुन्न खचाखच

‘बस्दैनन् किन मौनधारण गरी गोष्ठीहरु यी सब

तिम्रा हात कहाँ–कहाँ बिकिसके ताली नमार्नु अब’

पोखरा, २६ माघ। खचाखच भरिएको हलमा कविता सुन्न उपस्थित श्रोतालाई ताली नमार्न आग्रह गर्दै उनले आफ्नो कविता वाचन थालनी गरे।

नेपालमा सुस्ताउँदै गरेको छन्द कवितालाई नयाँ आयाम दिएर नवीन मोडमा लैजान निरन्तर लागिपरिरहेका युवा कवि सुदेश सत्याललाई पहिलोपटक पोखरामा उभ्याएको थियो–नेपाली लेखक संघ, कास्कीले। गण्डकी प्रदेशस्तरीय साहित्यिक पुरस्कार स्थापनार्थ संघले नदीपुरस्थित कन्या क्याम्पसको सभाहलमा शनिबार आयोजना गरेको कार्यक्रममा पोखराका साहित्यानुरागीमाझ सत्यालले डेढ दर्जन कविता प्रस्तुत गरे।

प्रेमको विषयलाई कृष्ण र राधिकाको लीलामार्फत् उनले श्रग्विणी धारामा यसरी सुनाए –‘राधिका झैँ फूलबारीहरू, कृष्ण लीला न हुन् बाँसघारीहरू।’

प्रेमलाई यसरी छन्दमा उनेर कविता सुनाएका उनले अहिलेको राजनीतिक कुसंस्कारलाई यसरी झटारो समेत हान्न भ्याए, ‘…हत्यारा जति भेटिने सहर नै त्यो बालुवाटार हो ।’

कवितामा जनजीवन, प्रेम, राजनीतिक अपराधीकरण लगायत आफ्नै देशका कथाव्यथा मात्र उनिएका थिएनन्, सिरियामा भएको द्वन्द्वलाई समेत समेटेका थिए। सिरियाको विषय उठान गर्दै उनले द्वन्द्व र रक्तपात बढिरहेको अवस्थामा संयुक्त राष्ट्रसंघको औचित्य सकिएको भाव समेत पोखे। कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय महासचिव डा रत्नमणि नेपाल, कास्की अध्यक्ष गणेश शर्मा, उपाध्यक्ष रीतादेवी कँडेल सचिव सञ्जीव पौडेललगायतले बोलेका थिए।

व्याट्री पड्किँदा दुवै आँखा बन्द

rss रासस
माघ २७, २०७५
व्याट्री पड्किँदा दुवै आँखा बन्द
हुम्ला, २७ माघ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताए । सोलारबाट चार्ज हुने १२ भोल्टको व्याट्री सुकाउन जाँदा पड्केर दुवै आँखा बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । अहिले पीडित शाहीलाई स्थानीय सर्केगाड स्वास्थ्यचौकीमा उपचार गर्न खोज्दा सम्भव नभएको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

गगनसिंहको ‘हाम्रो साडीखोला’

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
माघ २७, २०७५
गगनसिंहको ‘हाम्रो साडीखोला’
पोखरा, २५ माघ।नेपाल सरकारका सेवानिवृत्त उपसचिव गगनसिंह असलामी थापा मगरले आफ्नो जन्मथलो चिनाउने हाम्रो साडीखोला पुस्तक लिएर आएका छन्। उक्त पुस्तकको शनिवार राजनीतिक विश्लेषक अधिवक्ता सुरेन्द्र थापामगरले लोकार्पण गरे। कार्यक्रमका प्रमुख अतिथि थापा मगरले गगनसिंहको हाम्रो साडीखोला पुस्तक मगर समुदायको वर्णमाला हो भने। उनले मगर जातिको नामाकरणदेखि साडीखोलामा बसोबास गर्ने मगरजातिको विवरणसम्म अटाउनु  ज्यादै महत्वपुर्ण कार्य भएको बताए। कृतिको समीक्षा गर्दै समालोचक असफल गौतमले सरकारी सेवाबाट निवृत्त भएपछि धेरैको जीवन त्यत्तिकै बितिरहेको वेला गगनसिंह जस्ता जुझारु र इमान्दार बनेर केही…