सिद्धार्थ माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५

सिद्धार्थ माविको वार्षिकोत्सव

पोखरा, २३ माघ । स्याङ्जा फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाको ४४ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ।

फेदीखोला गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा कुनै पनि सम्झौता नगरी शिक्षा प्रदान गर्न सुझाव दिए ।

गाउँपालिका उपाध्यक्ष देवी थापाले शैक्षिक वातावरण, शिक्षक, अभिभावक र विद्यार्थी एक अर्काका परिपूरक भएको भन्दै अभिभावकले पनि विद्यार्थीको पढाइ तथा विद्यालयबारे समय–समयमा जानकारी लिनुपर्ने बताइन्।

कार्यक्रममा वडाध्यक्ष हिमालयजंग बानियाँ, सिद्धार्थ माविका स्रोतव्यक्ति लक्ष्मण शर्मा पनेरु, पूर्व शिक्षक दिवाकर सुवेदी लगायत बोलेका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ मनोजकुमार शर्माले शैक्षिक प्रतिवेदन, लेखापाल दीपक पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रम सञ्चालन शिक्षक शोभाकान्त शर्मा, लिलाप्रसाद पराजुली र समीक्षा पौडेलले संयुक्त गरेका थिए ।

यस्तै, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

पुतलीबजारको चौथो नगरसभा

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
पुतलीबजारको चौथो नगरसभा
स्याङ्जा, २३ माघ। पुतलीबजार नगरपालिकाको चौथो नगरसभा बुधवार सम्पन्न भएको छ। नगरसभामा बोल्दै नगरप्रमुख सीमा क्षेत्रीले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराइन्। नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरबासीको रोजगारी एवं विकासको आधार बनाउने नीति अनुरुप नगरलाई सुन्तला एवं उज्यालो शहरका रुपमा विकास गर्न आवश्यक कार्यक्रम संचालनगर्ने, युवालाई तालिम, शीतभण्डार निर्माणमा तीव्रता, विभिन्न धार्मिक एवं ऐतिहासिक, पर्यटकीय क्षेत्रको विकास, प्याराग्लाइडिङको गन्तब्य, नागडाँडामा श्रवणकुमारको मूर्ति स्थापनालाई प्रमुख प्राथमिकतामा राखेको बताइन् । उनले व्यवस्थित ढल निकास एवं सबैलाई खानेपानीको पहुँच, बसपार्कको स्तरोन्नति, आँधीखोला करिडोर निर्माण, सबै वडामा बिजुली एवं इन्टरनेटको पहुच, फोहोरमैलाको उचित व्यवस्थापन, पुतलीबजार नगरपालिका ४ मा भ्यू…

पोखराको पर्यटन विकासबारे सिलगुडीमा अन्तर्क्रिया

एजेन्सी
माघ २४, २०७५
पोखराको पर्यटन विकासबारे सिलगुडीमा अन्तर्क्रिया
पोखरा, २३ माघ।  भारतको सिलगुडीमा मंगलबारदेखि शुरु बङ्गाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे छलफल भएको छ। पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता संगठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसन आयोजनामा सञ्चालित मार्टमा सहभागी बन्न पोखरेली पर्यटन व्यवसायीको समूह मंगलबार सिलगुडी आइपुगेको हो। मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ यी क्षेत्र समेटर पर्यटकीय विकास गर्नुपनेर्मा जोड दिए।…