सांस्कृतिक पर्व र भेषभुषा मार्फत समृद्धि — प्रधानमन्त्री

एजेन्सी
माघ २२, २०७५

सांस्कृतिक पर्व र भेषभुषा मार्फत समृद्धि — प्रधानमन्त्री

पोखरा, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक पर्व र भेषभुषा मार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिने बताएका छन् । सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा मंगलबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन् ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातीका आफ्नाआफ्नै परम्परा, चाडपर्व, भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको छ ।

नेपालमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । उनले समृद्धिको यात्रामा सबै जातजातीको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।

अब हामीले विकास समृद्धिको महानयात्रा तय गर्नु छ । सरकार समृद्ध नेपाल, सुखी नेपालीको महान लक्ष्य राखेर अघि बढेको छ । यस यात्रामा देशका सबै जातजाती, धर्म सम्प्रदायको योगदान अपेक्षित छ,’ शुभकामना सन्देशमा लेखिएको छ, ‘खासगरी हाम्रा साँस्कृतिक पर्वहरु, भेषभुषा मार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिन्छ ।

प्रधानमन्त्री ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गरेका छन् ।

आमसञ्चार प्रतिष्ठानका कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न अन्तरिम आदेश

rss रासस
माघ २२, २०७५
आमसञ्चार प्रतिष्ठानका कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ, २२ माघ । सर्वोच्च अदालतले श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सोमबार सरकारले लागू गरेको श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी सोको कार्यान्वयन गर्ने विषयबाहेक राष्ट्रिय मिडियाका श्रमजीवी कामदार कर्मचारी र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको समेत न्यूनतम पारिश्रमिक निर्धारण गरी कार्यान्वयन गर्ने सम्बन्धी काम कारवाही प्रचलित कानूनी व्यवस्थाको सन्दर्भमा विचारणीय देखिएको छ ।’ इमेज च्यानल प्रालिका मोहनचन्द्र सिंहले प्रधानमन्त्री…

केपी ओली नेतृत्व सरकारले संविधान विपरित काम गरेको छ —शर्मा

एजेन्सी
माघ २२, २०७५
केपी ओली नेतृत्व सरकारले संविधान विपरित काम गरेको छ —शर्मा
पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री जनार्दन शर्माले केपीशर्मा ओली नेतृत्वको सरकारले नै संविधान बिरोधी काम गरिरहेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका नेता शर्माले यस्तो आरोप लगाएका हुन् । कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको जानकारी दिएका छन्, उनले भने—देश उल्टो दिशामा गइरहेको छ,यो स्वीकार गर्न सकिँदैन,सरकारले संविधान पालना गरिरहेको छैन, मैले सरकारको विरोध गर्न खोजेको…