सांसद गुरुङद्वारा २ लाखको अक्षयकोष

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५

सांसद गुरुङद्वारा २ लाखको अक्षयकोष

पोखरा, २७ माघ। गण्डकी प्रदेश सांसद मीना गुरुङले पोखरा बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।

वसन्तपञ्चमी एवं श्रीपञ्चमी अवसरमा आइतबार क्याम्पसको विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको कार्यक्रममा सांसद गुरुङले सो रकम क्याम्पस प्रमुख शिशुकला पराजुलीलाई हस्तान्तरण गरिन् । अक्षयकोष रकमबाट वार्षिकरुपमा गरीब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति प्राप्त गनेर्छन् । सोही क्याम्पसमा स्तातक अध्ययनरत् गुरुङले आफूले पढेको क्याम्पसमा सरस्वती पूजाकै दिन यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आँखाले देखेसम्म र मस्तिष्कले काम गरेसम्म पढाइ नछाड्ने र समाजमा अरुको लागि समेत पढाइको महत्व बुझाउँदै उदाहरणीय बन्ने जनाइन् ।

हङकङ व्युटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेशनल स्पा एवं व्युटी कलेजकी प्रमुख कार्यकारी अधिकृत समेत रहेकी सांसद गुरुङ जिफन्ट केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनले आफ्नो व्यवसाय संचालन गदैर्देखि हुने नाफा सामाजिक सेवामा लगाउँदै आएकोमा सांसद भत्ता एवं सुविधा सुरुवातदेखि नै नलिने घोषणा गरेकी छन् । सो भत्ता एवं सुविधा उनले गरीब तथा विद्यार्थी, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, असहाय महिला लगायतको सहयोगमा खर्चिदैआएको बताइन् ।

क्याम्पस प्रमुख पराजुलीले सहयोगप्रति आभार प्रकट गर्दै सांसद गुरुङको सदा सफलताको कामना गरिन् ।

क्याम्पसका प्राध्यापक पत्रकार सन्तोष पोखरेलले सांसद गुरुङको परिचय फराकिलो रहेको र कमाएको रकम सामाजिक सेवामा लगाउनु अनुकरणीय भएको बताए । सांसद गुरुङ आफ्नो पनि विद्यार्थी भएको र पढाइप्रतिको लगनशीलताप्रति खुसी व्यक्त गरे ।

विद्यार्थी कल्याणकारी संघ अध्यक्ष विजय नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघ सदस्य रोशन पौडेलले गरेका थिए ।

करिब ५ सय विद्यार्थी रहेको पोखरा बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन र मानविकी संकायमा पढाइ हुँदैआएको पूर्व सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले जानकारी दिए ।

सो अवसरमा विद्यार्थीले सरस्वतीको पूजाआजा गरेका थिए ।

गण्डकी मेडिकल कलेज विवाद

विद्यार्थीले थाले रिले अनसन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
गण्डकी मेडिकल कलेज विवाद
पोखरा, २७ माघ। सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीले आईतबारदेखि रिले अनसन थालेका छन् । नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले तोकेभन्दा बढी अबैध रुपमा कलेजले शुल्क लिएको भन्दै उनीहरु बढी रकम फिर्ताको माग सहित माघ १७ गतेदेखि आन्दोलनमा छन् । हरेक बर्षजसो विद्यार्थी शुल्कको विरोधमा आन्दोलन गर्छन् । तर कलेजले अबैध शुल्क लिन छोडेको छैन । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका छन् । तर प्रशासनले समेत कारबाहीमा चासो नदिएको उनीहरुको आरोप छ । आन्दोलन गरेको आधा महिना भैसक्यो, विद्यार्थीको माग कसैले सुनेन । न कलेज प्रशासन बार्तामा आउँछ, न प्रशासनले…

आमा मिलन केन्द्र सहकारीको नवनिर्मित भवनको उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
आमा मिलन केन्द्र सहकारीको नवनिर्मित भवनको उद्घाटन
पोखरा, २७ माघ ।  पोखरा महानगरपालिका वडा नं ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आमा मिलन सहकारीले छोटो समयमा अलग पहिचान बनाउन सफल रहेको बताइन् । आफू र अरुलाई समेत बचाउने माध्यम सहकारी रहेको दावी गरिन् । सहकारीहरु समृद्धिको संवाहक रहेको चर्चा गर्दै सहकारी संस्थामार्फत गरिवी हटाउन र रोजगारी सिर्जना गर्न सकिने औंल्याए । सहकारीहरु नमुना…