सवारी अनुमति लाइसेन्सको नवीकरण समय दश बर्ष बनाइने

सवारी अनुमति लाइसेन्सको नवीकरण समय दश बर्ष बनाइने

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५

पोखरा, १४ माघ : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को समयावधि १० वर्ष बनाउने तयारी गरेको छ ।

लाइसेन्सको समयावधि ५ वर्ष मात्रै हुँदा नागरिकले दुःख पाएकोले संघीय यातायात ऐनको मस्यौदामा १० वर्षको प्रस्ताव गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जनाएका छन् ।

नेपालीहरू लामो समय विदेशमा बसिरहेका हुन्छन, त्यो बेलासम्म लाइसेन्सको म्याद सकिनेजस्ता समस्यालाई ध्यान दिएर लाइसेन्सको अवधि बढाउने तयारी गरेका हौं, उनले भने ।

ऐन पारित भएपछि बन्ने लाइसेन्सको अवधि १० वर्ष हुने भए पनि जारी भइसकेका लाइसेन्सको हकमा भने नविकरण गरेपछि आउने लाइसेन्समात्र १० वर्ष समय हुने उनले बताए।

जारी भइसकेको स्मार्ट लाइसेन्सका हकमा पनि ५ वर्ष पछि नविकरण गरेपछि मात्र १० वर्षे अवधि हुन्छ कानुन जहिलेबाट लागू हुन्छ। त्यसपछि प्रिन्ट भएका लाइसेन्सकोमात्र अवधि १० वर्षे हुने हो,’ उनले भने।

रेडियो दिदीबहिनीले महोत्सव गर्ने

दीप गुरुङ, विद्यार्थी पत्रकार
माघ १५, २०७५
पोखरा, १४ माघ । पर्वत कुश्मास्थित रेडियो दिदीबहिनीको नवौं वार्षिकोत्सव अवसरमा ११ औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सव गरिने भएको छ । पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ २५ देखि फागुन ५ गतेसम्म महोत्सव हुने जानकारी दिइएको हो । महिला सशक्तिकरणसँगै कला, संस्कृतिको संरक्षण र घरेलु वस्तु प्रवद्र्वन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले बताईन् । महोत्सवमा ज्येष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता महिला र महिला उद्यमीलाई सम्मान गरिने छ । महोत्सव आकर्षणमा साङ्गीतिक प्रस्तुति, बालउद्यान र रमाइलो मेला रहने छन् । महोत्सवकै अवसर पारेर पर्वतका सात वटा पालिकामा निःशुल्क स्वास्थ्य शिविर समेत गरिने छ । महोत्सवमा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता…

निर्मला हत्या प्रकरणमा हचुवाको भरमा अनुसन्धान नगर्न आग्रह 

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
निर्मला हत्या प्रकरणमा हचुवाको भरमा अनुसन्धान नगर्न आग्रह 
पोखरा, १४ माघ : राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको अनुसन्धानका क्रममा मानवाधिकार उल्लंघन भएको ठहर गरेको छ। आयोगबाट गठित टोलीले आइतवार आफ्नो प्रदिवेदनमा हचुवा भरमा शंका लागेको सबैको डीएनए  परीक्षण तथा नाम सार्वजनिक गरेको जनाएको छ। यस्तै शंका लाग्नेजति जसको पनि डिएनए परीक्षण गर्नु आपत्तिजनक भएको ठहर आयोगको छ। आयोगले घटनाका अनुसन्धानकर्ताको मनोबल गिर्ने गरी हचुवामा कारबाही गरिएको पनि जनाएको छ। आयोगले घटनामा मानवअधिकार क्षेत्रबारेमा मात्र हेरेको बताएको छ। आयोगले घटनाको अनुसन्धानका लागि पूर्व महान्याधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्व…