सन्ध्यामा जम्यो गजलको मेहफिल

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५

सन्ध्यामा जम्यो गजलको मेहफिल

पोखरा, १३ माघ : पोखरामा हुँदै आएको नियमित गजल वाचनको शृंखलामा शनिबार डेढ दर्जन गजल सुनिएका छन् । वाचनको १ सय ८७ औं शृंखलामा विभिन्न विषयका डेढ दर्जन गजल सुनिएका छन् ।

गजल सन्ध्या पोखराले महिनाको दोस्रो शनिबार ‘गजलको उत्थानः हाम्रो अभियान’ नारासहित दिएर डेढ दशकभन्दा लामो समयदेखि नियपिमत गजल वाचनको शृंखला चलाउँदै आएको छ । गजलमा कलम चलाइरहेका पुराना पुस्तादेखि भर्खर कलम दौडाउन सुरु गरेका गजलकारसम्म शनिबार वाचनमा सहभागी बने ।

गजलकारले सरकारमाथि ब्यंग्यमात्रै गरेनन्, खबरदारी पनि गरे । निमैला हत्याकाण्डदेखि समासामायिक विषयमा लेखिएका गजल एकै मञ्चमा गुञ्जियो । कार्यक्रममा काठमाडौंदेखि पोखराको गजल वाचनमा सहभागी भएका बाबु त्रिपाठीले ३ गजल सुनाए । उनले ताली र वाहवाही बटुले ।

डा. वसन्त गौतम, लक्ष्मण थापा, सञ्जीव पौडेल, कपील शर्मा, अल्पज्ञानीका गजलले उस्तै मायामात्रै पाएन, हाँसो र माहोललाई रोमाञ्चक बनायो । कार्यक्रममा रुपिन्द्र प्रभावीले बाल गजल सुनाए । बालिका अभिलासी, देवी त्रिपाठी, शिव शंकल्प, अनिका सापकोटा, कमलराज रेग्मी, ईश्वर सुवेदी, सरोज केसी लगायतले गजल वाचन गरे ।

गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले सन्ध्याले चलाउँदै आएको गजल वाचनको एक पाठशालामात्रै नभएर निरन्तर चल्ने अभियान भएको बताए ।

सन्ध्याका सचिव वसन्त विनोदले सन्ध्याले गर्ने गजल वाचनको शृंखला सिक्ने, वाचन गर्ने र सुन्ने साझा थलो भएको बताए । सन्ध्या र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रा यसपाली स्याङ्जामा हुने आयोजकले जानकारी दिएको छ ।

‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर माघको शृंखलामा स्याङ्जाको कोल्माबहाकोटसम्म पोखरा, तनहुँ र आसपासका अक्षरयात्री जाने अध्यक्ष सुवेदीले बताए । कोल्माका होमस्टे गाउँमा पुगेर अक्षरयात्रीले तद्स्थानीय सिर्जना सुनाउने छन् ।

जम्यो गजलको मेहफिल

एजेन्सी
माघ १४, २०७५
जम्यो गजलको मेहफिल
पोखरा, १३ माघ । पोखरामा हुँदै आएको नियमित गजल वाचनको शृंखलामा शनिबार डेढ दर्जन गजल सुनिए। वाचनको १ सय ८७ औं शृंखलामा विभिन्न विषयका डेढ दर्जन गजल सुनिएका हुन्। गजल सन्ध्या पोखराले महिनाको दोस्रो शनिबार ‘गजलको उत्थानः हाम्रो अभियान’ नारासहित दिएर डेढ दशकभन्दा लामो समयदेखि नियपिमत गजल वाचनको शृंखला चलाउँदै आएको छ। गजलमा कलम चलाइरहेका पुराना पुस्तादेखि भर्खर कलम दौडाउन भर्खर शुरु गरेका गजलकारसम्म शनिबार वाचनमा सहभागी बने। गजलकारले सरकारमाथि ब्यंग्यमात्रै गरेनन्, खबरदारी पनि गरे। निर्मला हत्याकाण्डदेखि समसामयिक विषयमा लेखिएका गजल एकै मञ्चमा गुञ्चियो। कार्यक्रममा काठमाडौंदेखि पोखराको गजल वाचनमा सहभागी भएका बाबु त्रिपाठीले ३ गजल सुनाए। उनले ताली र वाहवाही बटुले।…

प्रथम फेवा आइडलको उपाधि रामबजार पुन समाजलाई

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
प्रथम फेवा आइडलको उपाधि रामबजार पुन समाजलाई
पोखरा, १३ माघ : फेवा टेलिभिजनद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सामूहिक लोकसांस्कृतिक नृत्य प्रतियोगीता “फेवा आइडल–२०७५”को उपाधि रामबजार पुन समाज कास्कीले हात पारेको छ । पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न उक्त फाईन प्रतिष्पर्धामा १४ वटा विभिन्न समुहले आ–आफ्नो प्रस्तुती राखेका थिए । नेपाल सरकारले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को नारालाई सार्थक पार्न गण्डकी प्रदेशमा लुकेर रहेको संस्कृतिको संरक्षण र संवद्र्धनका साथै पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक लीलाबहादुर जिसीले जानकारी दिएका हुन् । उहाँका अनुसार प्रतियोगितामा…