सनफ्लावर स्कुलको वार्षिकोत्सव

शिक्षक सम्पूर्ण ज्ञानको भण्डार होइन : श्रेष्ठ

सनफ्लावर स्कुलको वार्षिकोत्सव

अर्चलवोट स्थित सनफ्लावर बोडिङ स्कुलको ३० औं वार्षिकोत्सवका बीच सम्मानित शिक्षक, कर्मचारी साथमा अतिथि । तस्विरः श्रीभद्र पौडेल/आदर्श समाज ।

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५

हेमजा, २७ माघ । पोखरा–२, अर्चलवोटस्थित सनफ्लावर बोडिङ स्कुलको ३० औं वार्षिकोत्सव, अविभावक दिवस तथा पुरस्कार वितरण समारोह आइतवार सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि साहित्यकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले शिक्षक सबै ज्ञानको भण्डार नभएको चर्चा गर्दै शिक्षण सिकाईका लागि सहजीकरण गर्ने व्यक्ति मात्रै शिक्षक भएको औँल्याए ।

उनले बालबालिकाको पढाईमा सचेत रहन अविभावकलाई सुझाव दिर्दै कतिपय निजी विद्यालयका संचालकले आफ्नो धनाड्यपन प्रस्तुत गर्दा सबै निजी विद्यालय संचालकलाई नकरात्मक असर परेको पनि जनाए।

प्याव्सन कास्कीका सचिव विष्णु तिमिल्सीनाले बालबालिकाले अनुकरण गरेर सिक्ने भएकाले आ– आफ्ना क्रियाकलापमा सचेत रहन अविभावकलाई सुझाव दिए । विद्यार्थीले मेहनतपुर्वक अध्ययन गर्नु उनीहरुको धर्म भएको उनको ठहर थियो। पोखरा २ का अध्यक्ष रामेश्वर मल्लले विद्यार्थीलाई कितावी ज्ञानका अलवा नैतिक तथा व्यवहारिक शिक्षा पनि दिनुपर्ने खाँचो औँल्याए ।

विन्ध्यवासिनी माविका प्रधानाध्यापक वसन्तराज पाण्डेले शिक्षण क्रियाकलापमा भाषालाई महत्व दिन नहुने चर्चा गदै भाषा भन्दापनि सिकाई ठुलो हुने जनाए ।उनले विद्यालयलाई सिक्ने र सिकाउने थलोको रुपमा विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए ।

विद्यालयका प्राचार्य ए.एम गुरुङले निकट भविष्यमै कक्षा १२ सम्म संचालनको तयारी विद्यालयले थालेको जानकारी दिर्दै वार्षिक योजना निर्माण गरी विद्यालयका गतिविधिलाई व्यवस्थित गरिएको भनाई राखे ।त्यस अवसरमा अविभावक एकनारायण गौतमले पनि भनाई राखेका थिए ।

कार्यक्रमका बीच लेखापाल सोमनाथ पौडेल, शिक्षक गौरी नेपाली र कमला भुजेल, घरधनी बेलकुमारी शाह लगायत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

त्यस्तै विद्यार्थीहरु सर्लिना सिर्पाली, आईसा पराई, रोशन श्रेष्ठ, भेरोनिका गुरुङ, समिक्षा अधिकारी लगायतले विभिन्न प्रस्तुति राखेका थिए । त्यस्तै ‘परिवर्तन’ नामक नाटक मञ्चन गरिएको थियो भने सामुहिक तथा कक्षागत रुपमा विद्यार्थीले थप प्रस्तुति पनि राखेका थिए ।

विद्यालयका निर्देशक दीपक शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सह–प्राचार्य दीलिप देवकोटाले स्वागत तथा संचालन शिक्षक कमल पौडेल, शिक्षिका गीता पहारी, विद्यार्थीहरु प्रशान्त ढकाल, प्रेयङका गहतराज, पायल ठकुरी, रोशन क्षेत्री लगायतले गरेका थिए ।

डायमण्ड माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
डायमण्ड माविको वार्षिकोत्सव
लेखनाथ, २७ माघ । पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले विविध कार्यक्रमका साथ आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सासंद दिपक कोइरालले शिक्षा प्रणाली समयको मागअनुसार हुनुपनेर्मा जोड दिए । अहिलेका लागि ब्यवहारिक, प्रयोगात्मक र जीवनोपयोगी शिक्षा आवश्यक रहेको बिचार राखे । विविध सास्कृतिक कार्यक्रम र गत शौक्षक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थी, दिर्घसेवा पदकबाट शिक्षकशिक्षिकालाई सम्मान गरिएको सो कार्यक्रममा विद्यालयका प्राचार्य यमबाहदुर रोक्काले विद्यालयको भावी योजना र प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा १० वर्ष भन्दा बढि सेवा पुर्याउदै आएका शिक्षक सुब्वा र शिक्षिका रिना सुव्वालाई दिर्घसेवा…

लेखनाथ सहकारीको सरसफाई

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
लेखनाथ सहकारीको सरसफाई
लेखनाथ, २७ माघ । पोखरा –२६ अघौर्चोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी संस्थाले आइतवार ११ औं स्थापना दिवस तथा १० औं बार्षिकोत्सव मनाएको छ । सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न चोक तथा मठ मन्दिरमा सरसफाई बारे जनचेतना फैलाउने उद्देश्यले डसवीन  वितरण र अघौर्चोक वरपर सरसफाई गरेको हो । कार्यक्रममा बोल्दै पोखरा बृहत सरसफाई अभियानका अभियन्ता रामवहादुर पौडेलले आफनो कारणबाट निस्िकएको फोहोरलाई स्वयं आफैले ब्यवस्थापन गर्नुपर्ने वताउँदै देशमा राज्यसत्ता नै परिवर्तन भइसकेकाले अव हामीले उही पुरानो शैलीमा काम नगरी सामाजिक क्षेत्रका लागि…