सडकमा भ्वाङ् पर्दा यातायात अवरुद्घ

आदर्श समाज सम्वाददाता
माघ २५, २०७५

सडकमा भ्वाङ् पर्दा यातायात अवरुद्घ

हेमजा, २४ माघ । हेमजा मेलबोटस्थित माछापुच्छे« गाउँपालिका जाने सडकका विहीवार दिउँसो भ्वाङ् परेपछि करीब २ घण्टा यातायात अवरुद्घ भएको छ । डोजर सहायताले सो भ्वाङ् पुरेपछि यातायात सुचारु गर्नुपर्यो । सो सडकखण्डमा अझै पनि स–साना भ्वाङ भने अझै देख्न सकिन्छ । उक्त बाटोसँगै घर जोडिएका महेश केसीले भ्वाङ परेसँगै आफ्नो घर तथा बाटो जोखिममा परेको बताए ।

उनले चार/पाँच दिन अघि पनि सो ठाउँमा त्यस्तै घटना भएको र त्यत्तिबेला डोजरको सहायताले पुरी यातायात सुचारु गरेको जानकारी दिए ।

अर्का स्थानीय राजकुमार कुँवरले गत वर्ष मेलबोटकै लक्ष्मी पौडेलको जग्गामा पनि भ्वाङ् परेको स्मरण गर्दै हेमजा क्षेत्र पनि भौगोलिक हिसाबले जोखिमयुक्त रहेको बताए । मेलबोटवासीले सो समस्यामा गम्भीर बन्न र समाधान उपाय खोज्न सरोकारवालासमक्ष आग्रह गरेका छन् ।

डोकोमा पानी बोक्नेलाई प्राथमिकता

आदर्श समाज सम्वाददाता
माघ २५, २०७५
डोकोमा पानी बोक्नेलाई प्राथमिकता
खैरेनीटार, २४ माघ । शुक्लागण्डकी नगरपालिकाको विहीवार बसेको नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक वर्षको योजनामा नगरपालिकाभित्र कुवाबाट डोकोमा पानी बोकेर खानुपर्ने गाउँहरुलाई पहिलो प्राथमिकतामा राखेको छ । यस्तै, नगरपालिकाभित्र खानेपानी सञ्चालन भएको तर रिजर्भ ट्याङ्की मर्मत गर्नुपर्ने र टुटेफुटेका पाइपहरु फेर्नुपर्ने खानेपानीका आयोजनालाई दोस्रो प्राथमिकता र कुवा धाराहरु संरक्षण र मर्मत गर्नुपनेर्लाई बैठकले तेस्रो प्राथमिकता दिएको छ । प्राथमिकता अनुसारका स्थलहरुको अनुगमन गरी प्राविधिक स्टमेट अनुसार योजना सम्पन्न गर्नको लागि १ करोड ४४ लाख ५० हजार बजेट बिनियोजन गर्ने निर्णय भएको नगर प्रबक्ता खिमबहादुर कुमालले जानकारी दिए । प्रवक्ता कुमालले नगरपालिकाभित्र सार्वजनिक जग्गाहरुमा नगरपालिकाको अनुमतिबिना अबैधरुपमा उत्खनन् गरेकालाई प्रदेश सरकारको दररेट एक घन मिटरको…

चर्चामा डीपीएल, विजेतालाई ३० लाख

rss रासस
माघ २५, २०७५
चर्चामा डीपीएल, विजेतालाई ३० लाख
काठमाडौँ, २४ माघ । धनगढीमा यही माघ २६ देखि फागुन ११ गतेसम्म हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको विजेताले ३० लाख पाउने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिए। उनले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताए। त्यसमा विजेताले रु ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले रु चार लाख तथा चौथो हुने टोलीले रु दुई लाख पाउनेछन्। आयोजकका…