‘शैक्षिकस्तर माथि उकास्न आवश्यक’

‘शैक्षिकस्तर माथि उकास्न आवश्यक’

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५

लेखनाथ, २० माघ । कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालय पोखरा महानगरपालिका वडा नं २७ को ५६ औं बार्षिकोत्सव शनिवार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

हाल अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालनमा ल्याएसँगै अहिले उक्त विद्यालयमा ४३ जना विद्यार्थीहरू अध्ययनरत् छन् । समारोहको उद्घाटन गर्दै वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले शिक्षकको सानो प्रयासले पनि सरकारी विद्यालयको शैक्षिक स्तरलाई माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन मिलेर ल्याएको शैक्षिक योजनालाई वडाले सहयोग गर्ने वताउँदै वडाध्यक्ष गुरुङले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन पठाउने अभिभावकहरूसँग आग्रहसमेत गरे।

‘सरकारी विद्यालयमा छोराछोरी पठाउनुहोस, शैक्षिक गुणस्तर कायम गर्न वडा शिक्षा समिति तयार छ,’ उनले भने, ‘स्थानीय तहमा वडाध्यक्षकै नेतृत्वमा स्थानीय शिक्षा समिति रहेको छ ।’ अर्चलेको वृहत्तर विकासमा आफू लागि परेको भन्दै उनले यसका लागि सहयोग गर्न सबैसँग आग्रह गरे ।

सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं समाजसेवी चतुराखर अधिकारीले विद्यालयको शैक्षिक एवं भौतिक पुर्वाधार विकासका लागि सबैले आ–आफ्नो ठाउँवाट सहयोग गर्नुपनेर्मा जोड दिए । विद्यालयका प्रधानाध्यापक सूर्य वाग्लेले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक आय–व्यय विवरण प्रस्तुत गरे ।

सो अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवं लेखनाथ उद्योग वाणिज्य संघका सदस्य सूर्यमणि लामिछानेले आफ्नो  जन्मदिनको अवसरमा नगद रु १५ हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेललाई हस्तान्तरण गरेर जन्मदिन मनाएका छन् ।

यसैगरी, समाजसेवी प्रमोद पौडेलले एक थान दराज, पूर्व विद्यार्थी दिनेशमणि लामिछानेले नगद १० हजार रूपैयाँ र हरिप्रिया पौडेलले नगद १५ हजार दुइ सय दुई रूपैयाँ विद्यालयलाई प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वेदनाथ अधिकारीले गरेका थिए ।

पहिलो मिनेटकै गोलले एपीएफ सेमीमा

मनकामना केबुलकार पोखरा कप

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५
पहिलो मिनेटकै गोलले एपीएफ सेमीमा
पोखरा, २० माघ। सशस्त्र प्रहरी बल (एपीएफ) ले खेल सुरुवातीकै बलमा अग्रता लिँदै गरेको अप्रत्यासित गोलले रुस्लान थ्री स्टार क्लबको चुनौती पन्छाएको छ। खेलको २६ सेकेण्डमै एपीएफका सन्तोष श्रेष्ठले गोल गर्दै कायम गरेको १–० को अग्रता आखिर ९० मिनेटसम्म कायम हुँदा उपाधिको बलियो दाबेदार थ्रीस्टार पहिलो खेलमै पराजित हुन पुग्यो। छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबलाई हराएको एपीएफ पोखरा रंगशालामा आइतबारको जितसँगै सेमिफाइनल प्रवेश गर्न सफल भयो। लिगमा तेस्रो स्थान हासिल गरेको थ्रीस्टारमाथि भएको छिटो गोलले खेलाडीसहित दर्शकले समेत आश्चर्य परेको बताए। राजीव लोप्सानको पासमा सन्तोषले श्रेष्ठले पोष्टचार्ज गर्दा विपक्षी गोलरक्षक एलन न्यौपानेको…

ज्योति पहिलो पोखरा सुपर मम्

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
माघ २१, २०७५
ज्योति पहिलो पोखरा सुपर मम्
पोखरा, २१ माघ । फस्ट पोखरा सुपर मम्को उपाधि ज्योति हमालले जितेकी छन् । टाइटलसंगै हमालले सुपर ट्यालेन्ट र सुपर पब्लिक च्वाइस सव टाइटलसमेत हात पारिन् ।नन्द इन्टरटेन्टमेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको उक्त सौन्दर्य प्रतियोगितामा फस्ट रनर अप सबिता सापकोटा र पुनम श्रेष्ठ थापामगर सेकेण्ड रन अप भइन् । यो सँगै सुपर मम्, फस्ट र सेकेण्ड रनर अपले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद प्राप्त गरे । सुपर मम्को अन्य टाइटलअन्तर्गत क्रमशः सुपर हेयरमा पुनम थापा श्रेष्ठ, फोटो जेनिकमा सुनमाया मगर,…