शिक्षणशैलीले थापालाई अवार्ड

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५

शिक्षणशैलीले थापालाई अवार्ड

लमजुङ, ३ माघ। लमजुङका शमशेरबहादुर थापा अन्तराष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन् । विश्वका १ सय ७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपाली नागरिकमा उनी एकमात्र हुन् ।

आगामी मार्चमा दुवईमा सम्पन्न हुने सो पुरस्कार वितरण समारोहमा आयोजक यूके मार्की फाउण्डेसनले थापालाई पाँच रातका लागि आतेजाते खर्च समेत बेहोर्ने गरी निमन्त्रणा गरिसकेको छ।

अनलाइन माध्यमबाट उक्त पुरस्कार दाबी गनेर्मा १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए । तीमध्येबाट ३८ देशका ५० जना छनौैट हुनेमध्ये आफू एकजना मात्र नेपाली भएको थापाले बताए। पुरस्कार राशि एक मिलियन अमेरिकन डलर रहेको छ। त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा सार्वजनिक हुनेछ ।

वेशीशहर–३, गाउँशहरका स्थायी बासिन्दा थापाले करिब ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहेर सेवा गरे । थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको संस्थापक प्रिन्सिपल रहेर सञ्चालन गर्दै आएका छन्।

अंग्रेजी माध्यमबाट पढाई हुने ती विद्यालयमा फि अनिवार्यता छैन । गरीब परिवारका विद्यार्थीले सो विद्यालय पढ्छन् । हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदैआएको छ ।

थापानका अनुसार विद्यार्थीलाई आवश्यक किताव, कापी, कलममात्र नभई पोशाकको समेत प्रबन्ध विद्यालय सञ्चालकतर्फबाट गर्ने गरिएको छ। विद्यालय पूर्णबालमैत्री वातावरणमा अध्यापन गर्ने गरिएको थापाको भनाइ छ। उनका अनुसार विद्यालयको पोशाकमा पूरै नेपालीपन झल्कने गरी तय गरिएको छ। टाइ लगायत वस्तुको प्रयोग गरिँदैन ।

बिहान प्रार्थना हुनुअघि विद्यार्थीलाई नाच्न लगाइन्छ, घोड चढी त्यो विद्यालयको अर्को विशेषता रहेको थापाको भनाइ छ। उनले भने ‘घोड चढीले विद्यार्थीमा आत्मविश्वास बढ्ने, साहसी स्वभावको विकास हुने देखिएको छ।’

विद्यालयमा शनिबार विद्यार्थीलाई कुकिङ सीप सिकाइन्छ। त्यसले बालबालिकाहरूमा सिर्जनात्मक क्षमताको अभिवृद्धि हुनुका साथै बालबालिकाले विभिन्न परिकार खान पाउने हुँदा उनीहरूलाई कुपोषणबाट बचाउन र पढाइप्रति रुचि जागृत गर्न मद्दत मिल्ने थापाको भनाइ छ

विद्यालयमा देखिएको सोही वातावरणका आधारमा आफूलाई पुरस्कारका लागि छनौट गरिएको हुन सक्ने उनले अनुमान गरे । यसअघि उनले ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ प्राप्त गरेका थिए ।

सडकमै चालकको स्वास्थ्य जाँच

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
सडकमै चालकको स्वास्थ्य जाँच
लमजुङ, ३ माघ। सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परीक्षण थालेको छ। लमजुङमा ट्राफिक प्रहरीले पहिलो पटक विहीवार सवारी चालकको स्वास्थ्य जाँचसहित सवारीको अवस्था परीक्षण शुरु गरेको हो । ‘सवारी चेकजाँच होला भनेको थिएँ, आफ्नै स्वास्थ्य चेक भयो,’ बसचालक नवराज वाग्लेले भने, ‘ट्राफिक प्रहरीले राम्रो कामको शुरुवात गरेको रहेछ।’ ‘सवारी दुर्घटनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ नाराका साथ स्वास्थ्य कार्यालयका प्राविधिकको सहयोगमा सो कार्य गरिएको हो । ‘चालकको ब्लड प्रेसर, आँखाको स्वास्थ्य जाँचसहित सवारीको अवस्था र आवश्यक कागजात चेक गरिएको छ,’ ट्राफिक प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले भने। उनका अनुसार ट्राफिकको केन्द्रीय कार्यालय निदेर्शन अनुसार हरेक…

हंसवाहिनी माविका ५६ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
हंसवाहिनी माविका ५६ औं वार्षिकोत्सव
खैरेनीटार, ३ माघ । शुक्लागण्डकी–२, एकेलेखेतस्थित हंसवाहिनी माध्यमिक विद्यालयको  ५६ औ वार्षिकोत्सव एवं ४७ औं अभिभावक दिवस समारोह सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले नैतिक शिक्षा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले आजको आवश्यकता विद्यार्थीका लागि नैतिक शिक्षा आवश्यक भएको औल्याउँदै जनशक्ति उत्पादन गर्नका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारको अहम भूमिका रहने हुँदा समय सुहाउँदो प्राविधिक शिक्षामा सरोकारवाला चनाखो हुनु पनेर्मा जोड दिए । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्यक्रममा गुणस्तरीय…