शान्त माविको वार्षिकोत्सव

शान्त माविको वार्षिकोत्सव

एजेन्सी
माघ २८, २०७५

पोखरा, २७ माघ । पोखरा महानगर वडा नं. १८ भकुण्डेस्थित शान्त माविको २६ औ वार्षिकोत्सव सम्पन्न भएको छ ।

पोखरा महानगर पालिका को उपप्रमुख मञ्जुदेवी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै विद्यालयमा पारदर्शी लेखाप्रणाली भएको र अन्य विद्यालयले यस विद्यालयबाट शिक्षा लिनुपर्ने बताइन् । उनले अभिभावक, शिक्षक र विद्यार्थी कृयाशील रहेर नै विद्यालयले स्तर कायम राखेको बतइन् । विद्यालयलाई आफूले सहयोग गर्न प्रतिबद्धता जनाइन् ।

पोखरा महानगर वडा नं. १८ का वडा अध्यक्ष रणबहादुर थापाले विद्यालयको आवश्यकताको आधारमा हरेका योजनालाई प्राथमिकतामा राखी रकम विनियोजित गर्ने र छिट्टै विद्यार्थीलाई यातायातको पनि व्यवस्थापन गरिने बताए ।

स्थानीय समाजसेवी प्रेम जिसी, रामचन्द्र शर्मा तिमिल्सिना, पुर्व अध्यक्षहरु, सूर्यबहादुर खड्का, मित्रमणि तिमिल्सिना, नेकपा वडा ईकाई अध्यक्ष पुष्कलबहादुर थापा, नेपाली काँग्रेस वडा ईकाई सभापति शिवप्रसाद तिमिल्सिनालगायतले शुमकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गरुढध्वजमुगा अक्षयकोष, खड्क लिला थापा अक्षयकोष र देवकली अक्षयकोषहरु बाट प्राप्त व्याज रकम लाई २० जना विद्यार्थीलाईहरुलाई छात्रवृत्ति र १५२ जना लाई झोला वितरण गरिएको थियो ।

सरस्वतीको पुजासंगै विद्यार्थीको विविध साँस्कृतिक कार्यक्रम रहेको कार्यक्रममा प्र.अ. विष्णुप्रसाद भट्टराईले विद्यालय प्रतिवेदन र लेखापाल कमलमोहन तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । शिव प्रसाद तिमिल्सिनाले सरसफाइ सामाग्री वितरण गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धिबहादुर खड्काले स्वागत गरेको कार्यक्रममा उक्त कार्यक्रममा विद्यार्थी कविता अधिकारी र भुवन जिसीले पनि स्वागत भाषण उत्कृष्ठ शिक्षक मनोज बास्तोला, उत्कृष्ठ अभिभावकमा पार्वती गुरुङ र उत्कृष्ठ छात्रछात्रामा अमृत अधिकारी र कबु खड्कालाई सम्मान गरेको थियो ।

मदरल्यान्डमा सरस्वती पूजा

एजेन्सी
माघ २८, २०७५
मदरल्यान्डमा सरस्वती पूजा
माघ २७, पोखरा । पोखरा मासवार स्थित मदरल्याण्ड स्कूलमा माघ शुक्ल पञ्चमीका दिनको अवसर पारेर आइतवार सरस्वतीको पूजा आरधानाका साथै सिर्जना र शब्द रचना गरी अक्षरारम्भ गराइएको छ । सिर्जना र ज्ञानको यात्रा अनन्त कालसम्म रहिरहोस् भन्दै पोखराको मासवारमा अवस्थित मदरल्यान्ड माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयमा आबद्ध सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको उपस्थितिमा उक्त पूजा तथा अक्षरारम्भ गरिएको जानकारी कार्यक्रम संयोजक तथा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए । कार्यक्रममा विद्यालयमा प्रतिस्थापित सरस्वतीको मन्दिरमा पूजा आराधाना गरिएको छ । पण्डित कृष्णप्रसाद गौतमले पूजारीको भूमिका निर्वाह गर्दै सहजीकरण गरेका थिए भने उपस्थित विद्यार्थी, शिक्षक तथा भक्तजनले  प्रतिबद्ध भई…

दुर्घटना नियन्त्रण गर्न एप प्रयोग

एजेन्सी
माघ २८, २०७५
दुर्घटना नियन्त्रण गर्न एप प्रयोग
बुटवल, २८ माघ । सवारी दुर्घटना नियन्त्रण गर्न नेपाल प्रहरीले ट्राफिक कम्युनिकेसन एप प्रयोगमा ल्याएको छ । विशेषगरी लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइएको हो । पाँच नम्बर प्रदेशमा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सुनवल १२ भूमहीमा उक्त एपको उद्घाटन गरी प्रयोगमा ल्याएको छ । सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीले चालकको फोटोसहितको विवरण लिएर उक्त एप प्रयोगमा ल्याएका हुन् । यो एप प्रयोगमा…