वेष्ट फाइनान्सद्वारा पुस्तकालयलाई सहयोग

एजेन्सी
माघ २९, २०७५

वेष्ट फाइनान्सद्वारा पुस्तकालयलाई सहयोग

पोखरा, २८ माघ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लि.ले टोखा–८ स्थित जलपा पुस्तकालयका लागि बालसाहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तक सहयोग गरेको छ।

उक्त पुस्तकहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नरबहादुर बिसीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।

स्थानीय बालबालिकाहरुका लागि ज्ञानबद्र्धक, बाल मनोरञ्जन तथा वृद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु¥याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस्तक सहयोग गरिएको फाइनान्स  प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए।

केरा बेचेर वार्षिक ५० लाख आम्दानी

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
केरा बेचेर वार्षिक ५० लाख आम्दानी
गलेश्वर, २९ माघ । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक ५० लाख रुपैयाँसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केरा खेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकले बताएका छन् । खबराका अगुवा कृषक शोभित सापकोटाका अनुसार यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५०…

आकुराईको छैटौं शाखा पोखरामा

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
आकुराईको छैटौं शाखा पोखरामा
पोखरा, २८ माघ । आकुराई एजुकेशन कन्सल्टेसीले आफ्नो छैटौं शाखा पोखरा सिद्धार्थचोकमा विस्तार गरेको छ जापानमा विद्यार्थी अध्ययनको लागि विशेष सुविधा उपलब्ध गराउने उद्देश्यस्वरुप आइतबार शाखा विस्तार गरिएको कन्सल्टेसी प्रमुख प्रज्ज्वल पौडेलले बताए । सन् २०१३ बाट चितवन नारायणगढबाट शुरुवात भएको कन्सल्टेन्सीको बर्दिवास, टाँडी, कावासोती र धनगढी तथा आगामी दिनमा दाङ शाखा विस्तार हुने उनले जानकारी दिए । विद्यार्थीलाई जापानीज भाषा, रीतिरिवाज, हावापानी, भौगोलिक अवस्था र रहनसहनबारे विद्यार्थीलाई परामर्श दिइने पोखरा शाखा प्रमुख दोरक थापाले जानकारी दिए। हालसम्म पाँच सय बढी विद्यार्थी विद्यार्थी…