वडाध्यक्ष कुमाल कारागार चलान

rss रासस
माघ २९, २०७५

वडाध्यक्ष कुमाल कारागार चलान
दमौली, २९ माघ । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् ।

युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा गत वैशाख २५ गते ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्दै नवलपुर प्रहरीमा उजुरी परेको थियो ।

अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उनले वताए ।

सांग्रिला र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सम्झौता

एजेन्सी
माघ २९, २०७५
सांग्रिला र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सम्झौता
पोखरा, २८ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लि. र ब्लुक्रस हस्पिटल प्रालिबीच बैंकका कर्मचारी, सेयरधनी तथा ग्राकहवर्गलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलतर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब बैंकका कर्मचारी, भीसा डेविट कार्ड प्रयोगकर्ता र ग्र्राहकलाई ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट दिनेछ ।

जनसेवीको त्रैमासिक समीक्षा गोष्ठी

एजेन्सी
माघ २९, २०७५
सफल कृपाको छैटौं वार्षिकोत्सव
पोखरा, २८ माघ । पर्वत कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ। संस्थाका संचालक मेघनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्री, नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, वरिष्ठ प्रबन्धक केशवनारायण प्रधान, सहायक प्रबन्धक   हर्षबहादुर स्याङ्गतान, कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्मा सहित २५ वटा शाखा कार्यालयबाट सहभागी शाखा प्रमुखको गोष्ठीमा सहभागीता थियो । कार्यक्रमको नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, सहायक प्रबन्धक हर्षबहादुर स्याङ्गतान र कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्माले सहजीकरण गरेका थिए। २५…