लोककवि अलि मियाँलाई हेमराज पहारी स्मृति पुरस्कार

एजेन्सी
माघ २४, २०७५

लोककवि अलि मियाँलाई हेमराज पहारी स्मृति पुरस्कार
पोखरा, २४ पुस । लोककवि अलि मियाँलाई यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिने भएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठानले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १ लाख र ताम्रपत्र छ । लोककविलाई साहित्यकार पहारीको नवौं स्मृति दिवस फागुन १७ गते आयोजना हुने समारोहमा मरणोपरान्त सम्मानित गरिने हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले बताइन् ।

साहित्यकार अनील पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले अलि मियाँलाई पुरस्कृत गर्न सिफारिस गरेको हो । यसअघि यो पुरस्कारबाट वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान पुरस्कृत भइसकेका छन् ।

सोही समारोहमा साहित्यकार पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरु’ पनि लोकार्पण हुनेछ । गीत सञ्चयन हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । पहारीका यसअघि देशको अभिभारा कविता सञ्चयन र उत्तरी गोलाद्र्धको एक फन्को नियात्रा प्रकाशित छन् ।

लोककवि अलि मियाँको जन्म १९७५ फाल्गुन १५ गते हाल पोखरा १३ को मियाँपाटनमा भएको हो । सरल भाषामा गहिरो भाव पोख्न खप्पिस लोककवि जीवनभर नेपाली गाउँबेसीका भाका गाउँदै हिडे । उनको २०६३ साउन १८ गते निधन भयो । उनका केही गीत हरिदेवी कोइराला, प्रेमराजा महत, पद्यराज ढकाल, ठाकुरप्रसाद सिग्देल, दुर्गा रायमाझी, पुरुषोत्तम रायमाझी लगायतले गाएका छन् ।

अलिमियाँ धार्मिक सहिष्णुताका एक नमूना थिए । उनको योगदान, कृति र समग्र लोक साहित्यको विकासका लागि अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान क्रियाशील छ । उनका प्रकाशित कृतिमा वीरक्तलहरी, महेन्द्रलहरी, न्याउलीको पुकार, पहाडको उद्गार, सेतीको सुस्केरा, उज्यालो भैसक्यो, सम्झनाको दीयो, अलि मियाँको आवाज छन् ।

गुणस्तरीय शिक्षामा मन्त्री गुरुङको जोड

एजेन्सी
माघ २५, २०७५
गुणस्तरीय शिक्षामा मन्त्री गुरुङको जोड
पोखरा, २४ माघ। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिक्षालाई श्रम र उत्पादनसँग जोडिनु पर्ने बताएका छन्। पोखरा–१७, महतगौंडास्थित जानकी आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विहीवार उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए। शिक्षा क्षेत्रमा राज्यको ठूलो लगानी हुँदै आएको बताउँदै उनले त्यसको सही सदुपयोग गर्न व्यवस्थापन समिति, शिक्षक र अभिभावक जिम्मेवार हुनु पनेर्मा जोड दिए। माविस्तरको शिक्षा स्थानीय तहलाई जिम्मा लगाउने गरी कानून निर्माण भइरहेको जानकारी गराउँदै मन्त्री गुरुङले भौतिकरुपमा सम्पन्न सामुदायिक विद्यालयले शैक्षिक सुधारतर्पm लाग्नु पर्ने धारणा राख्नुभयो। गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले शैक्षिक संस्थाको विकास र गुणस्तरीय शिक्षाका लागि…

बोलेरो दुर्घटनामा ५ को मृत्यु

rss रासस
माघ २४, २०७५
बोलेरो दुर्घटनामा ५ को मृत्यु
सिन्धुली, २४ माघ । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चालक फिक्कल गाउँपालीका निवासी मानबहादुर सुनुवार र ३४ वर्षीय दीपककुमार सुनुवार गम्भीर घाइते भएका छन्…