रेडियो दिदीबहिनीले महोत्सव गर्ने

दीप गुरुङ, विद्यार्थी पत्रकार
माघ १५, २०७५

पोखरा, १४ माघ । पर्वत कुश्मास्थित रेडियो दिदीबहिनीको नवौं वार्षिकोत्सव अवसरमा ११ औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सव गरिने भएको छ ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ २५ देखि फागुन ५ गतेसम्म महोत्सव हुने जानकारी दिइएको हो ।

महिला सशक्तिकरणसँगै कला, संस्कृतिको संरक्षण र घरेलु वस्तु प्रवद्र्वन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले बताईन् ।

महोत्सवमा ज्येष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता महिला र महिला उद्यमीलाई सम्मान गरिने छ ।

महोत्सव आकर्षणमा साङ्गीतिक प्रस्तुति, बालउद्यान र रमाइलो मेला रहने छन् । महोत्सवकै अवसर पारेर पर्वतका सात वटा पालिकामा निःशुल्क स्वास्थ्य शिविर समेत गरिने छ ।

महोत्सवमा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता गरिने छ ।

सो प्रतियोगिताका लागि प्रथम पुरस्कार दुई लाख, द्वितीय पुरस्कार एक लाख र तृतीय पुरस्कार ५० हजार रुपैयाँ व्यवस्था गरिएको छ ।

महोत्सवमा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, दिदीबहिनी डान्स आइडल, खुला दौड प्रतियोगिता र र्याली तथा झाँकी प्रतियोगिता गरिने छ ।

आत्मनिर्भरमा रक्षामन्त्रीको जोड

rss रासस
माघ १५, २०७५
पोखरा, १४ माघ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले मुलुकलाई आत्मनिर्भर नबनाएसम्म स्वाभिमानी बन्न नसकिने बताएका छन् । नेकपा गण्डकी प्रदेश पार्टी कमिटीद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले उत्पादन एवं उद्यमशिलताको विकासका माध्यमबाट आत्मनिर्भर बन्नतर्फ अग्रसर हुन कार्यकर्तालाई निदेर्शन दिए । मुलुकमा सरकार र शासनसत्ता परिवर्तन भएको मात्र नभई प्रणालीमा नै परिवर्तन आएको बताउँदै नेता पोखरेलले परिवर्तनलाई आत्मसात गरी अघि बढ्नुको विकल्प नभएको बताए । परिवर्तित संरचना अनुरुप संविधानले व्यवस्था गरे अनुसार कानून निर्माणमा सरकार जुटेको उल्लेख गर्दै नेता पोखरेलले आवश्यक ३३९ कानूनमध्ये हालसम्म २६ वटा मात्र पारित गरिएको जानकारी दिए । हालसम्म लगभग १ सय १६…

सवारी अनुमति लाइसेन्सको नवीकरण समय दश बर्ष बनाइने

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
सवारी अनुमति लाइसेन्सको नवीकरण समय दश बर्ष बनाइने
पोखरा, १४ माघ : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को समयावधि १० वर्ष बनाउने तयारी गरेको छ । लाइसेन्सको समयावधि ५ वर्ष मात्रै हुँदा नागरिकले दुःख पाएकोले संघीय यातायात ऐनको मस्यौदामा १० वर्षको प्रस्ताव गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जनाएका छन् । नेपालीहरू लामो समय विदेशमा बसिरहेका हुन्छन, त्यो बेलासम्म लाइसेन्सको म्याद सकिनेजस्ता समस्यालाई ध्यान दिएर लाइसेन्सको अवधि बढाउने तयारी गरेका हौं, उनले भने । ऐन पारित भएपछि बन्ने लाइसेन्सको अवधि १० वर्ष हुने भए पनि जारी भइसकेका…