राष्ट्रकविको जिल्लामा छन्द कविता

आदर्श समाज सम्वाददाता
माघ २३, २०७५

लमजुङ, २२ माघ। राष्ट्रकविको गृहजिल्ला लमजुङमा छन्द कविता गुञ्जिने भएको छ। ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो स्थापना दिवसका अवसरमा माघ २५ र २६ गते सो कार्यक्रमको तयारी गदैर्छ।

लमजुङका छन्द अभियन्ता डिल्लीजंग गुरुङको ११५औँ जयन्ती तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको तेस्रो स्थापना दिवसमा हुने कार्यक्रममा राजधानीसहित गण्डकी प्रदेशका ख्यातिप्राप्त छन्द अभियन्ताले छन्द कविता वाचन गनेर्छन्। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङको प्रमुख आतिथ्य रहनेछ ।

प्रतिष्ठानका महासचिव रुपिन्द्र प्रभावीले छन्द कविताको आवश्यकता महत्व र औचित्यबारे अन्तरक्रिया समेत गर्ने कार्यक्रम रहेको जानकारी दिए।

कार्यक्रममा छन्दका अभियन्ता भुवनहरि सिग्देल, प्राज्ञ देवी नेपाल, छन्द अभियन्ताहरू प्रल्हाद पोखरेल, रामप्रसाद ज्ञवाली, डा बमबहादुर जिताली, विजयराज न्यौपाने, प्रभा भटटराई, रिषभ घिमिरेसहित तीन दर्जन कविहरू उक्त कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

यसैगरी, गण्डकी प्रदेशको राजधानी पोखराबाट प्राज्ञ हरिदेवी कोइराला, प्राज्ञ सूर्यबहादुर विखर्ची, छन्द बचाउँ अभियानका अभियन्ता माधव वियोगी, जगन्नाथ रेग्मी, पर्वतका शान्तिनारायण श्रेष्ठसहित झण्डै ४० जना कवि लमजुङ आउने भएको प्रतिष्ठानका उपाध्यक्ष युवराज घिमिरेले जानकारी दिए।

उनका अनुसार सो कार्यक्रममा लमजुङको उषाकालीन कविद्वय पद्मविलाश पन्त र साहिला गुरु तीर्थराज अधिकारीलाई मरणोपरान्त सम्मान गरिनेछ ।

यसैगरी, जिल्लाका छन्द अभियन्ता डा बमबहादुर जिताली र विजयराज न्यौपाने तथा लोकगायिका विमाकुमारी दुरालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ। सो अवसरमा धम्पु दुरा र सीतादेवी दुराको ठाडोभाकाको विशेष प्रस्तुति हुनेछ।

यस्तै, कविता शिविरका साथमा ठाडोभाका र लोक संस्कृतिबाट पाहुना कविलाई मनोरञ्जन दिलाउने  तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए। उनका अनुसार शास्त्रीय छन्द बाहेकका कविहरूको समेत कार्यक्रममा दरिलो प्रस्तुति रहने हो।

सो अवसरमा कविवर डिल्लीजंग गुरुङका बारेमा कार्यपत्र प्रस्तुतका साथ उनका नाउँमा पुरस्कार घोषणा गर्ने तथा ठाडोभाका र गुरुङ संस्कृतिमा आधारित लोकनृत्यको प्रस्तुतिका कार्यक्रम समेत गरिने कार्यक्रम छ।

लोककवि अलि मियाँलाई हेमराज पहारी स्मृति पुरस्कार

एजेन्सी
माघ २४, २०७५
लोककवि अलि मियाँलाई हेमराज पहारी स्मृति पुरस्कार
पोखरा, २४ पुस । लोककवि अलि मियाँलाई यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १ लाख र ताम्रपत्र छ । लोककविलाई साहित्यकार पहारीको नवौं स्मृति दिवस फागुन १७ गते आयोजना हुने समारोहमा मरणोपरान्त सम्मानित गरिने हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले बताइन् । साहित्यकार अनील पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले अलि मियाँलाई पुरस्कृत गर्न सिफारिस गरेको हो । यसअघि यो पुरस्कारबाट वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ र…

झापामा मितेरी साहित्यिक सम्मेलन

एजेन्सी
माघ २३, २०७५
झापामा मितेरी साहित्यिक सम्मेलन
हेमजा, २२ माघ। भवानी घिमिरे साहित्यिक प्रतिष्ठानको आयोजनामा झापामा मितेरी साहित्यिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलन उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको राजनैतिक परिवर्तनमा साहित्यिक आन्दोलनको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै लेखक साहित्यकारले नेपालको विविधतालाई समेट्ने गरी साहित्य सिर्जना गर्नुपनेर्मा जोड दिए। राईले नेपालका साहित्यकार, कलाकार, पत्रकार एक ठाउँमा उभिई मुलुकको समृद्वितर्फ लाग्नुपर्ने जनाउँदै अन्तराष्ट्रियस्तरको सम्मेलन आफ्नो प्रदेशमा गरिएकोमा खुसी पनि व्यक्त गरे। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषा सबै नेपालीको साझा पहिचानको भाषा भएको औँल्याउँदै…