यु–१८ टेनिसमा प्रिक्वाटरका खेल सम्पन्न

एजेन्सी
माघ २४, २०७५

यु–१८ टेनिसमा प्रिक्वाटरका खेल सम्पन्न

पोखरा, २३ माघ । पोखरामा जारी यु–१८ डिभिजन–५ आइटीएफ टेनिस प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ प्रि–क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।

पुरुष एकलमा शीर्ष वरियताका खेलाडी फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले जर्मनका पउल अर्मिनलाई ७–५, ६–१ सेटमा पराजित गरे।

जापानका जेनी इनोउले प्रभावशाली खेल प्रस्तुत गर्दै भारतका अनमोल जैन पंकजलाई पराजित गरे। उनले जैनलाई ६–०, ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।

भारतका अनुराग अग्रवालले जापानका ताकुमी वातानावेलाई ६–१, ६–२, भारतकै इशान सेठीले चाइनाका जिछुन लीलाई ६–४, ६–३, भारतकै दीपेन्द्र अग्रवालले कोरियाका जुविन किमलाई ६–३, ६–२, भारतकै उदयवीर सिंहले चाइनाका चेन लियाङलाई ६–१, ६–३, हङकङका केल लोल इन ताङ्ले भारतका आदित्य बरदान राय चौधरीलाई ६–१, ६–३, जापानका किजु मियाकेले भारतका जेराल यासिनलाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे।

महिला एकलतर्फ चाइनाकी ले यि लियुले भारतकी श्रृष्टि धीरलाई ६–२, ६–०, भारतकी रेन्नी सिंग्लाले नेपालकी अभिलाषा विष्टलाई ६–१, ६–२, भारतकै रिया बोभेजाले भारतकै अमिक किरन बाथलाई ६–३, ६–१, बुलगेरियाकी भिक्टोरिया भेलेभाले जापानकी जुलिया दैया बादेर्नलाई ६–३, ६–२, कोरियाकी जुमिन को’ले चाइनाकी जियु झाङ्लाई ६–३, ५–७ र ६–४, चाइनाकी इटोङ झाङले ताइवानकी लि सिन लिनलाई ६–२, ६–० तथा चाइनाकी जिछुवन जेङले श्रीलंकाकी अञ्जलिका कुरेरालाई ३–६, ६–२ र ६–४ ले पराजित गर्दै क्वाटरफाइनल पुगे ।

पुरुषको डबल्समा भारतका उदयवीर सिंह र फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाको जोडीले चाइनाका जिछुवान लि र चेन लियाङको जोडीलाई ६–४, ६–४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।

महिलातर्फ केरियाकी जुमिन कोङ र ताइवानकी लि सिन लिनको जोडीले नेपालका प्रेरणा कोइराला र सलोनी तामाङ जोडीमाथि ६–१, ३–६ र सुपरटाईमा १०–४ ले पराजित गर्दै अन्तिम चार पुगे।

यस्तै, चाइनाका युजुन लुओ र जियु झाङको जोडीले नेपालका एनी माथेमा र भारतका बन्हि पाञ्चालको जोडीलाई ६–२, ६–१ सेटमा पराजित गरे।

बिहीबार पुरुष तथा महिला एकलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेल हुने आइटीएफ प्रतिनिधि प्रविण नायकले जानकारी दिए।

अन्तराष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी प्रतियोगिता फागुन ४ सम्म चल्नेछ ।

ब्रिगेडसामु मनाङलाई कठिन

मनकामना केबुलकार पोखरा कप

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
ब्रिगेडसामु मनाङलाई कठिन
पोखरा, २३ माघ । लिगविजेता सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लबले पोखरा रंगशालामा बुधबार ब्रिगेड ब्वाइज क्लबमाथि कठिन जित हात पारेको छ । निर्धारित समयको अन्तिम मिनेटसम्म एक–एकको बराबरी खेलेको मनाङले अतिरिक्त समयमा १० खेलाडीमा सीमित ब्रिगेडमाथि स्कोर लिन नसक्दा जिका लागि टाइब्रेकरको नतिजा कुर्नुपर्यो । अन्ततः टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि दावेदार मनाङले दोस्रो सेमिफाइनलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबसँग भेट सुनिश्चित गरेको छ । क्यामरुनी टिमले दोस्रो क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ४–१ ले पराजित गरी अन्तिम चारमा ठाउँ सुरक्षित पारिसकेको छ । पोखरा रंगशालामा दिनको खेलमा लिगविजेतासामु उत्कृष्ट खेल पस्केको ब्रिगेड व्याइजले टाइब्रेकरमा पदम भट्टराईको पेनाल्टी सुटआउट गोलमा परिणत…

ओमद्वारा वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
ओमद्वारा वित्तीय साक्षरता
लेखनाथ, २३ माघ। ओम डेभलपमेन्ट बैंक लिमिटेड लेखनाथ शाखाले बुधबार अर्घौस्थित लक्ष्मी माविका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई सर्वसाधारण मानिसलाई कसरी वित्तीय पहुँच पुर्याउने र बैंकबाट प्राप्त हुन सक्ने वित्तीय सेवा सुविधा लिन उत्प्रेरित गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवस्थापन संकायमा अध्ययनरत छात्रछात्रालाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान दिइएको थियो। कार्यक्रममा बैंकको उत्पत्ति, बैंकका कार्यहरु, बचत गर्ने तरिका र उद्यमशीलताको विकास लगायत विषयवस्तुबारे जानकारी गराइएको थियो। उक्त कार्यक्रमको सञ्चालन ओम डेभलपमेन्ट बैंक लेखनाथ शाखाका प्रबन्धक…