यु–१८ आइटीएफ टेनिस जारी

यु–१८ आइटीएफ टेनिस जारी

एजेन्सी
माघ २३, २०७५

पोखरा, २२ माघ । अन्तराष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा यु–१८ डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिता जारी छ। मंगलबार पुरुष तथा महिलातर्फ पहिलो चरणका सिंगल, डबल्सका विभिन्न खेल सम्पन्न भए।

महिलातर्फ नेपालका अभिलाषा विष्टले सिंगल तथा डबल्स दुवैमा जित हासिल गरिन्।

उनले अमेरिकाका माहिका गुप्तालाई ६–२, ७–५ सेटमा पराजित गरिन् भने डबल्सतर्फ श्रीलंकाका अञ्जलीका कुरेरालाई पार्टनर बनाएकी विष्ट जोडीले भारतका इनिका रेडी पेसारा र नेपालका अल्सा रेग्मीको जोडीमाथि ६–०, ६–१ को नतिजा निकालिन् ।

पुरुषतर्फ नेपालका इभ्याक जोशी भारतका अनमोल जैन पंकजसँग ६–०, ६–० को सोझो सेटमा पराजित भए। पुरुषतर्फकै अर्को प्रतिस्पर्धात्मक खेलमा कोरियाका जुविन किमले चाइनाका हाव डुवानलाई ४–६, ७–६ र ६–२ सेटमा पराजित गरे।

भारतका इशान सेठीले कोरियाका सङ्ग ह्युन लीलाई ६–१, ६–१ ले, भारतकै उदयवीर सिङले अमेरिकाका हनु पटेललाई ६–४, ६–४, जापानका जेनी इनोकले थाइल्याण्डका पविन जिरापुम्देजलाई ६–३, ६–४, जापानका केइजु मियाकले भारतका अर्जुन गोहाडलाई ६–०, ६–० ले पराजित गरे।

त्यसैगरी, महिला एकलतर्फको खेलमा नेपालकी प्रेरणा कोइराला भारतकी अमिक किरण बाथसँग ६–२, ६–३ ले पराजित हुन पुगिन्।

नेपालकै सलोनी तामाङ चाइनाकी जिछुन जेङसँग ६–४, ४–६ र ६–४ को प्रतिस्पर्धात्मक सेटमा पराजित भइन्। जारी प्रतियोगितामा दोश्रो नम्बर सिडिङ पाएकी ताइवानकी स्कीया कुङ् भारतकी मैत्री दीक्षा राउतसँग ६–३, ०–६ र ६–१ ले पराजित भइन्।

महिलातर्फकै एकलमा श्रीलंकाकी अञ्जलीका कुरेराले भारतकी हिमाद्री अश्यपलाई ६–२, ६–१, भारतकै रिनी सिङले जापानकी रिसा ओनोलाई ६–२, ७–५, बुल्गेरियाकी भिक्टोरिया भेलेभाले भारतकी बन्हि पाञ्चललाई ६–२, ६–२, ताइवानकी लि हसिन लिनले भारतका सानया नैकलाई ६–०, ६–२, भारतकी रीया बोभेजाले चाइनाकी युजुहान लुओलाई ७–५, ७–५ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए।

पुरुषतर्फको डबल्समा भारतका उदयवीर सिंह र फिलिपिन्सका जोसे एन्टोनियोको जोडीले भारतका अनुराग अग्रवाल र आदित्य वरदान रायको जोडीलाई ०–६, ७–५ र सुपरटाईमा १०–६ ले, जापानका जेनी इनोक र हङकङका केल लोक इन ताङको जोडीले श्रीलंकाका दिलभान हेराथ र कभिशा रत्जनाइकेको जोडीलाई ६–१, ६–१, भारतका जेराल यासिन र मलेशियाका जियान कोङ् ताकेशिको जोडीले नेपालका सम्रक्षक भूषण बज्राचार्य र इभ्याक जोशीको जोडीलाई ६–२, ६–०, भारतका अर्जुन गोहाड र फैज नैश्यामको जोडीले थाइल्याण्डका पोस्वात अकर्पन र पाविन जिरापुम्दाजको जोडीलाई ४–६, ७–५ र सुपरटाईमा १०–४ ले पराजित गर्दै दोश्रो चरणमा स्थान सुरक्षित पारे।

रिस्सो युनिभर्सिटी सेमिफाइनलमा

Bijay Nepal विजय नेपाल
माघ २३, २०७५
रिस्सो युनिभर्सिटी सेमिफाइनलमा
पोखरा, २२ माघ। जापानी रिस्सो युनिभर्सिटीको टिमले पोखरा रंगशालामा उत्कृष्ट खेल पस्केको छ। छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मंगलबार नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गरी विजयी यात्रा सुरुवात गर्यो। खेलको १९ औं मिनेटमा जापानी टिमका लागि यासुताका सुजुकीले गरेको एकमात्र गोल निर्णायक साविक भयो। भर्खरै उमेरका देखिने जापानी खेलाडीको खेल प्रदर्शनलाई विपक्षी पुलिसका प्रशिक्षक अनन्तराज थापाले पनि प्रशंसा गरे। आफ्नो हारलाई स्वभाविक लिँदै उनले भने, ‘उनीहरु (जापानी टीम) को प्रदर्शनबाट लोभलाग्दो रह्यो। कसरी फुटबल खेल्नुपर्छ भन्ने हामीले सिक्यौं।’ नेपाली फुटबल खेल कुन स्तरमा छ भन्ने कुरा म्याच खेलेपछि मात्र थाहा हुने बताए। उनले भने,…

झापामा मितेरी साहित्यिक सम्मेलन

एजेन्सी
माघ २३, २०७५
झापामा मितेरी साहित्यिक सम्मेलन
हेमजा, २२ माघ। भवानी घिमिरे साहित्यिक प्रतिष्ठानको आयोजनामा झापामा मितेरी साहित्यिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलन उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको राजनैतिक परिवर्तनमा साहित्यिक आन्दोलनको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै लेखक साहित्यकारले नेपालको विविधतालाई समेट्ने गरी साहित्य सिर्जना गर्नुपनेर्मा जोड दिए। राईले नेपालका साहित्यकार, कलाकार, पत्रकार एक ठाउँमा उभिई मुलुकको समृद्वितर्फ लाग्नुपर्ने जनाउँदै अन्तराष्ट्रियस्तरको सम्मेलन आफ्नो प्रदेशमा गरिएकोमा खुसी पनि व्यक्त गरे। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषा सबै नेपालीको साझा पहिचानको भाषा भएको औँल्याउँदै…