माडी पुग्ने पर्यटकको रोजाइमा मगर होमस्टे

rss रासस
माघ २९, २०७५
  • एघार घरमा होम स्टे एक घरमा तीन जनाका दरले वस्न सकिने
  • घरबासमा रु ६०० मा खान बस्न पाइन

माडी पुग्ने पर्यटकको रोजाइमा मगर होमस्टे

चितवन, २९ माघ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने माडीमा पुग्ने पर्यटकको रोजाइमा त्यहाँ रहेको घरबास होमस्टे हुने गरेको छ । माडी नगरपालिका —८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक मगर होमस्टेका ११ घरपरिवारले सञ्चालन गर्दै आएका छन् ।
सो क्षेत्रमा रहेका निजी होटलको भन्दा कम खर्चमा राम्रो सुविधा पाउने भएपछि माडी छिर्नेहरु त्यहाँको घरबासमा परम्परागत खानासँगै संस्कृति र कलाको आनन्दमा आकर्षित हुने गरेका छन् । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगरका अनुसार एउटा घरमा दुई वटा कोठामा तीन जनाका दरले छ जना बस्न सक्ने क्षमता रहेको छ । सबै कोठामा सँगै शौचालय, तातोपानी जस्ता आवश्यक सुविधा रहेका छन् ।
पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको माडी क्षेत्र निकुञ्ज र चुरे पहाडको बीचमा पर्दछ । प्राकृतिक सुन्दरतासँगै धार्मिक र कृषि क्षेत्रको अवलोकन गर्न पनि यहाँ पर्यटक आउने गर्दछन् । विसं २०७२ मा शुरु भएको घरबासको बीच भागमा ठूलो सामुदायिक भवन रहेको छ । जहाँ मगर जातिको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम देखाइन्छ । ठूलो समूहमा पाहुनाको उपस्थिति हुँदा खाना पकाउने व्यवस्थासमेत सामुदायिक भवनमै हुने मगरले बताए ।
अध्यक्ष मगरले पाहुना धेरै आएपछि उत्साहित हुँदै भने, “हालसम्म हामीले १० हजार ४०० पाहुनाको स्वागत गरिसकेका छौँ, घरबासमा आउनेलाई मगर समुदायले फूलमालाले स्वागत गर्ने गर्दछन् । उनका अनुसार देशैभरबाट घरबासमा पाहुना आउन थालेका छन् । माडी छिर्ने पर्यटक निजी होटल छोडेर घरबासमा बस्ने गरेको मगरको भनाइ थियो ।
साविक अयोध्यापुरी गाविसका अध्यक्ष पूर्णभद्र पनेरु यहाँ आउने पर्यटकको बसाइँको पहिलो छनोट अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरबास बन्ने गरेको बताउछन् । म्याग्दी, पर्वतबाट बसाइँ सरी यहाँ आएका पुनमगर समुदायको घरबासमा सोरठी, मारुनीसमेतको आनन्द लिन पाइन्छ । पर्या–पर्यटनसँगै धार्मिकरुपमा वैकुण्ठ ताल हेर्न आउने पनि यहीको घरबास पुग्छन् ।
शुरुमा अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले एउटा घरबासलाई रु तीन लाखका दरले बिनाधितो ऋण दिएर शुरु गरिएको हो । सो सहकारीका अध्यक्षसमेत रहनुभएका पनेरुका अनुसार घरबास सञ्चालन गर्नेलाई तालीमसमेत दिइएको छ । पछि तराई भूपरिधि कार्यक्रम (ताल)ले स्तरोन्नतिका लागि आर्थिक सहयोग गरेको छ । तालले एक परिवारलाई घरबास व्यवस्थित गर्न रु दुई लाख ५० हजार हाराहारी खर्च गरेको पनेरुले जानकारी दिए । व्यवस्थित पलङ, कोठाको सजावट, शौचालय, तातोपानी लगायतमा तालले सहयोग गरेको हो ।
घरबासमा हालै मात्र नेपालका लागि अष्ट्रेलियन राजदूतले भ्रमण गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको अध्यक्ष मगरले बताए । घरबास सञ्चालक तुलबहादुर पुन मगर बजारको भन्दा सस्तो र सुलभ मूल्यमा खान, बस्न पाउने भएपछि पर्यटक आउने गरेको बताउछन् ।
बजारमा कोठाको रु एक हजारदेखि रु एक हजार ५०० सम्म पर्ने भए पनि घरबासमा रु ६०० मा बस्न पाइने उनले बताए । खानामा पनि बजारको भन्दा सस्तो मूल्यमा खुवाउने उनको भनाइ थियो ।
उनले भने बजारमा बस्नुभन्दा घरबासमा बस्नु सस्तो र खाना स्वस्थकर भएकाले पर्यटकको आगमन बढेको छ । घरायसी काम गरेर घरबासबाट मात्रै रु ३० देखि ३५ हजारसम्म मासिक कमाई हुँदै आएको मगरले बताए । घरबासमा रु २५० मा खाना खुवाउने गरिएको छ । घरमै पालेका स्थानीय जातको हाँस, कुखुराको मासु खुवाईन्छ । घरबासका लागि दुई जनालाई स्थानीय जातको कुखुरा पाल्न र दुई जनालाई तरकारी खेती गर्नसमेत सहयोग गरिएको छ ।

एक बर्षभित्र देशभरमा २७ कैदीको मृत्यु

rss रासस
माघ २९, २०७५
एक बर्षभित्र देशभरमा २७ कैदीको मृत्यु
 मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार  अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु रुघा, खोकी, दम, ज्वरो, टाइफाइडका कारण काठमाडौँ, २९ माघ । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए । रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो, उनले भने । सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ…

न्यून तलब पाउनेले तलवको आठ महिना बराबरको बोनस दिन प्रस्ताव

एजेन्सी
माघ २९, २०७५
न्यून तलब पाउनेले तलवको आठ महिना बराबरको बोनस दिन प्रस्ताव
पोखरा, २९ माघ । नाफा आर्जन गर्ने प्रतिष्ठानमा काम गरेर सबैभन्दा न्यून तलब पाउनेले आठ महिना बराबरको तलब बोनस पाउने व्यवस्था गर्न संसदको कानून न्याय तथा मानवअधिकार समितिले प्रस्ताव गरेको छ। ऐन मार्फत् संसदमा सरकारले दर्ता गराएको बोनस ऐन माथिको दफावार छलफलपछि समितिले बोनस ऐनमा संशोधनको प्रस्तावसहितको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । समिति सदस्य कृष्णभक्त पोखरेलका अनुसार बोनस ऐनमा हाल भएको ६ महिनासम्मकोमात्र बोनस पाउने व्यवस्थामा संशोधन गरेको हो। नेपाल सरकारले तोकेको न्यूनतम तलब वा त्यसको दोब्बरसम्म तलब पाउनेले…