महिलालाई कानूनी सचेतना आवश्यक : उपमेयर

एजेन्सी
माघ २५, २०७५

महिलालाई कानूनी सचेतना आवश्यक : उपमेयर

पोखरा, २४ माघ । पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले महिला कानूनी सचेतनामा जोड दिएकी छन् ।

पोखरा वडा ३१ को आयोजना र नवजीवन महिला विकास संस्थाको संयोजनमा आयोजित देवानी कानून तथा क्षमता अभिवृद्धि कार्यक्रम उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएकी हुन् ।

हालै कार्यान्वयनमा आएको देवानी कानूनमा महिलाबारे थुपै्र व्यवस्था गरेको भए पनि त्यसबारे महिलालाई पर्याप्त जानकारी नभएको उनले उल्लेख गरिन् ।

उपमेयर गुरुङले देवानी कानूनमा बहुविवाहलाई मान्यता नदिने लगायत जघन्य अपराधमा सजाय व्यवस्थाबारे जानकारी हुनुपर्ने बताउँदै त्यसका लागि महिलाले स्वयं चासो राख्नुपनेर्मा जोड दिइन्। उनले महिलालाई आर्थिक रुपमा सवल बनाउन महानगरले उपप्रमुखसँग महिला कार्यक्रम ल्याएको जानकारी दिइन्। महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले कार्यक्रम ल्याएको बताउँदै महानगरले तालिमलाई निरुत्साहित गर्ने बताइन्।

‘विगतमा थुप्रै रकम तालिमका लागि खर्च भएको छ तर त्यसको उपलब्धि शून्य छ,’ उनले भनिन्,‘त्यसैले महागनरले तालिम लिएर बसेका महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याएको छ।’

वडा ३१ अध्यक्ष कमल थापाले वडा ३ ठाउँमा कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिने बताए।

कार्यक्रममा नवजीवन महिला विकास संस्थाका अध्यक्ष कमला थापा, वडा सदस्य विष्णु सुनार, सहजकर्ता सरिता तिमिल्सिना पंगेनी, दामोदरभक्त थापा लगायतले महिलालाई कानूनी सचेता र क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको बताए। तीन दिने कार्यक्रममा पत्रकारद्वय सरिता तिमिल्सिना पंगेनी र कञ्चन थापाले सहजीकरण गर्ने छन्।

न्याश्नल ईन्भेटिभले मनायो २१ औ वार्षिकोत्सव

एजेन्सी
माघ २५, २०७५
न्याश्नल ईन्भेटिभले मनायो २१ औ वार्षिकोत्सव
पोखरा, २४ माघ। पोखरा–६ स्थित न्याश्नल ईन्भेन्टिभ आवासीय माविको २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। प्रदेश सांंसद राजीव पहारीले समारोह उद्घाटन गर्दै अबको शिक्षा व्यवहारिक र जीवनउपयोगी हुनुपर्ने बताए। राज्यले निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई निषेध गरेर नभई सरकारी विद्यालयलाई पनि स्तर वृद्धि गरी शिक्षामा समानता कायम गर्नुपर्ने आवश्यकता औँल्याए। निजी क्षेत्रका विद्यालयलाई अंकुश लगाएरमात्र शिक्षाको विकास नहुने उनको भनाइ थियो। पहारीले शिक्षाको क्षेत्रमा न्याश्नल ईन्भेन्टिभले प्राप्त गरेको सफलता वडा ६ का लागि पनि गौरवको विषय भएको धारणा राखे। प्याब्सन केन्द्रिय सदस्य कृष्ण केसीले अहिलेको अवस्थामा निजी विद्यालय विनाको शिक्षा अपूरै रहने तर्क गरे। प्याब्सन कास्की अध्यक्ष प्रेम…

नेविसंघका सात विद्यार्थी पक्राउ

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
नेविसंघ नेतालाई फौजदारी मुद्दा लगाउनु गम्भीर : काँग्रेस
पोखरा, २४ माघ । पोखराको मासवारमा एक हप्ता अघि सरकारी गाडी जलाएको आरोपमा हिरासतमा रहेका तीन विद्यार्थीको रिहाइको माग गर्दै विहीबार पोखरा महानगरपालिका घेराउ गर्न गएका सात विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल विद्यार्थी संघका सात विद्याथीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सात विद्यार्थीलाई कार्यालय समय सकिएपछि साँझ पाँच वजे छाडिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकरी दिए । विद्यार्थीले महानगरीय शिक्षा महाशाखाको काममा बाधा पु¥याएको आरोपमा ती विद्यार्थीलाई पक्राउ गरेको हो । पक्राउ…