मन्त्री वुढाद्धारा पोखराको पर्यटकीय क्षेत्र अवलोकन

मन्त्री वुढाद्धारा पोखराको पर्यटकीय क्षेत्र अवलोकन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५

पोखरा, २८ माघ । लोलुफेरा—लोमान्थांग–लुम्विनी, फेवा–रारा राष्टिय कार्यशालामा सहभागी हुन आएका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाले पोखराका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन।

अवलोकन गर्ने क्रममा आफ्नो मन्त्रालयसँग सम्वन्धित क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको केन्द्रविन्दु वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको पनि अवलोकन गरेका छन् । क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. ठाकुर सिलवालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा मन्त्रीले कर्णाली प्रदेशबाट वन संकायमा अध्ययनका लागि आउने विद्यार्थीलाई विशेष प्राथामिकता दिन आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानको अध्ययन, अध्यापन तथा अनुसन्धानका विषयमा विषेश प्रस्तुति अध्ययन संस्थानका पूर्व क्याम्पस प्रमुख तथा सह प्रध्यापक डा. वीर वहादुर खनाल क्षेत्रीले दिएका थिए ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएर उक्त संस्थानमा स्नातक र स्नातोकोत्तर तहमा अध्ययनरत करीव २० जना विद्यार्थीलाई भेटेर मन्त्री सिंहले अध्ययनपछि समृद्धिको लागि योगदान दिन आग्रह गरेका थिए ।

आफ्नो दक्षतामा निखारता ल्याउन पनि उनले विद्यार्थीलाइृ आग्रह गरेका थिए । सिलवालले कर्णाली प्रदेश अन्तर्गतकै रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा २ वर्ष लामो सेवाको अनुभव सुनाएका थिए । कर्णाली प्रदेश घर भई वन विज्ञानमा अध्ययनरत विद्यार्थी, अध्यापन गराउने उप प्रध्यापक र कर्णाली पोखरा सम्पर्क मञ्चका सह संयोजक मुक्ति प्रसाद आचार्य सहितको उक्त कार्यक्रममा उपस्थित थियो ।कार्यक्रमको संञ्चालन स्नातोकोत्तर पहिलो वर्ष दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी नवराज शाहीले गरेका थिए ।

अधिकृतस्तरमा बढुवा हुन स्नातक पास गरेको हुनुपर्ने

rss रासस
माघ २९, २०७५
अधिकृतस्तरमा बढुवा हुन स्नातक पास गरेको हुनुपर्ने
काठमाण्डौ २९ माघ । अधिकृतस्तरमा बढुवा हुन स्नातक तह उत्तीर्ण हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ, यसअघि भने यो योग्यता हुनु अनिवार्य थिएन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद्मा पेश गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अब कुनै किसिमबाट पनि अधिकृतस्तरमा बढुवा हुनका लागी न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएएका छन् । त्यस्तै सचिव तहमा सरुवा सेवा समूह राखिएको छैन । विशिष्ट श्रेणीका सचिव अब एक समूहबाट अर्को समूहमा जान पाउने नयाँ व्यवस्था राखिएको छ । अब प्रशासनको सचिव इञ्जिनीयरिङ सेवा र स्वास्थ्यको सचिव…

कामीको जलेर मृत्यु

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
कामीको जलेर मृत्यु
पोखरा, २८ माघ । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका—१ निवासी २८ बर्षीय कृष्णवहादुर कामीको जलेर मृत्यु भएको छ । स्थानीय ५८ बर्षीय बलवहादुर थापामगरको घरमा बस्दै आएका कामीको सोमवार दिउसो जलेर मृत्यु भएको हो । दुई तले टिनको कच्ची घरमा सामेबार आगलागी भएको र आगो स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।