भारतीय श्रम स्वीकृतिबारे दुतावासको चासो

एजेन्सी
माघ २४, २०७५

भारतीय श्रम स्वीकृतिबारे दुतावासको चासो

माघ, २४ काठमाडौं । भारतीय कामदार श्रम स्वीकृति लिनुपर्ने सर्कुलर नेपाल सरकारले जारी गरेपछि नेपालस्थित भारतीय दूताबासले चासो व्यक्त गरेको छ ।

भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन अजयकुमार बुधवार सिंहदरबार पुगेका छन् । श्रम मन्त्राय पुगेका उनले भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य गरिएकोबारे चासो राखेका थिए । तर, मन्त्रालयका अधिकारीहरुले सार्वजनिक भएको पत्रको ब्यहोरामा भनिएजस्तो श्रम स्वीकृति अनिवार्य नगरिएको प्रतिक्रिया दिएका छन् ।

दूताबासका अधिकारीले यसबारे निकै चासो राखेका छन् । हामीले यसमा के भएको हो भन्नेबारे स्पष्ट गरेका छौं, श्रम मन्त्रालयका एक अधिकारीले भनेका छन् ।

मन्त्रालय स्रोत भन्छ, बुधवार नै स्पष्टीकरण पत्र प्राप्त भएको छ । चित्तबुझ्दो जवाफ नआएको भए सम्बन्धित अधिकारीलाई कारवाही पनि हुन्छ । श्रम मन्त्री बिष्टले हेल्लो सरकारका कर्मचारीलाई बोलाएर यसबारे जिज्ञासा राखेका थिए ।

हेल्लो सरकारले श्रम स्वीकृतिबारे श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रधानमन्त्री कार्यालयलाई पठाएको पत्र सार्वजनिक गरेको थियो ।

भारतीयलाई पनि श्रम स्वीकृति अनिवार्य गरिएको खबर बाहिरएपछि उद्योगी व्यवसायीले पनि यस विषयमा चासो देखाएका छन् । राजनीतिक दलका शीर्षस्थ नेताले पनि श्रम मन्त्रालयका अधिकारीसँग यसबारे स्पष्टता मागेका छन् ।

दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता

rss रासस
माघ २४, २०७५
दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता
कम्पाला, २४ माघ । दक्षिणी सुडानका झण्डै २० हजार शरणार्थी स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको प्रभावले उनीहरु स्वदेश फर्किएका हुन् । दक्षिणी सुडानबाट विस्थापित भएर युगाण्डा पुगेका उनीहरु स्वतः स्फुर्तरुपमा स्वदेश फर्किएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् । शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्च आयोगका तर्फबाट युगाण्डामा रहेका प्रतिनिधि जोएल बौट्रोयले २० हजारभन्दा बढी शरणार्थी घर फर्किएको जानकारी दिए । सरकारले स्वदेश फर्किनेहरुको सङ्ख्या हामीले भनेको भन्दा धेरै बढी रहेको दाबी गरेको छ, तर हामीले भने २० हजारको हाराहारीमा शरणार्थी स्वदेश फर्किएको पाएका छौँ उनले भने । युगाण्डामा…

कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गरेको भन्दै अदालतवाट जन्मकैद

rss रासस
माघ २४, २०७५
कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गरेको भन्दै अदालतवाट जन्मकैद
म्याग्दी, २४ माघ । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै उक्त अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार निजलाई सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा…