भारतीय पर्यटन व्यवसायीले भने नेपालमा सडक र हवाई सेवामा सुधार गर

rss रासस
माघ २८, २०७५

भारतीय पर्यटन व्यवसायीले भने नेपालमा सडक र हवाई सेवामा सुधार गर
पोखरा, २८ माघ । नेपालमा हवाई सञ्जाल फैलाउन आवश्यक देखिएको आइतबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार समापन कार्यक्रममा परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यस्तो कुरामा जोड दिएका हुन् ।

भारतीय पर्यटन व्यवसायीले नेपालको हवाई सेवालाई प्रभावकारी बनाउन सुझाव दिएपछि परिषद्ले प्रतिनिधिले नेपालमा हवाई सेवाको सञ्जाल विस्तार गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाल —भारतको काँकडभिट्टा सीमाना नजिकैको चन्द्रगढी विमानस्थलबाट पोखरा सिधा हवाई सम्पर्क नभएको प्रति त्यहाँका पर्यटन व्यवसायीको गुनासो गरेका थिए ।

अध्यक्ष पोखरेलले सिधा हवाई सेवाका साथै त्यहाँसम्म पुग्ने बाटो पनि स्तरोन्नति गर्न नेपाल सरकारसँग पहल गर्ने आश्वासन परिषद्का सदस्यहरुले दिएका थिए । सहभागी टोलीका सदस्यलाई अध्यक्ष पोखरेल र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सहभागिताको प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलका अनुसार प्रवद्र्धनात्मक भ्रमण टोलीले उत्तरपूर्वी भारतका छ राज्यमा पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसनद्वारा सिलगुडीमा आयोजित बङ्गाल ट्राभल मार्टमा सहभागी भई व्यावसायिक साझेदारीका विषयमा छलफल गरेको थियो ।

त्यस्तै टुर अपरेटर एशोसिएसन अफ आसामका पदाधिकारीसहित त्यहाँका पर्यटन व्यवसायीसँग गुहाटीमा पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।

स्थानीय तहको पाठ्यक्रम निर्माणमा नगरपालिका

rss रासस
माघ २८, २०७५
स्थानीय तहको पाठ्यक्रम निर्माणमा नगरपालिका
गलेश्वर, २८ माघ । म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ । आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न शुरु गरेको हो । नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको पाठ्यक्रम निर्माण समितिको धार्मिक तथा सांस्कृतिक विषयका संयोजक कृष्णबहादुर बानियाँले जानकारी दिए । समितिले विभिन्न विषयसँग सम्बन्धित विज्ञ तथा सरोकारवालासँग छलफल गरेर पाठ्यक्रम निर्माणका लागि सुझाव सङ्कलन गरेको जनाएको छ । म्याग्दी जिल्ला र बेनी नगरपालिकासँग सम्बन्धित विभिन्न विषयलाई समेटेर पाठ्यक्रम बनाउन शुरु…

पोखरामा विहानैवाट मौसम खुल्यो

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
पोखरामा विहानैवाट मौसम खुल्यो
पोखरा, २७ माघ । केही दिनदेखि जारी वर्षा र हिमपात रोकिएर छ, आइतबार विहानैदेखि पोखरा तथा वरपरका गाउँमा मौसम खुलेको छ, घाम लागेका छन्, हिमालहरु ढपक्क हिउले ढाकिएको दृष्य देख्न सकिन्छ । पोखरावाट विहानै माछापुच्छ«े, धौलागिरी र अन्नपूर्ण हिम श्रृंखला दृष्यावलोकन गर्नेको सराङकोट तथा पोखराका विभिन्न स्थानमा भिड नै देखिन्थ्यो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बाहिरिएकाले आइतवार बिहानदेखि मौसममा सुधार आएको वताए । पुन पश्चिमी क्षेत्रबाट अलि कमजोर…