भारतीय कामदारले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने

एजेन्सी
माघ २३, २०७५

भारतीय कामदारले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने

पोखरा, २३ माघ । सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिनु पर्ने भएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

विभागका कारखाना निरीक्षक प्रशान्त शाहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘प्रतिष्ठान निरीक्षण गर्दा प्रतिष्ठानमा कार्यरत भारतीयहरुको संख्या अद्यावधिक गर्ने तथा उक्त भारतीय कामदारहरु श्रम स्वीकृति नलिई काम गरेको पाइए श्रम स्वीकृति लिन भनी प्रतिष्ठानलाई जानकारी गराउन निर्देशानुसार अनुरोध छ ।’

साथै प्रतिष्ठानको नाम, कार्यरत गैरनेपाली श्रमिक भए उनीहरुको नाम, पदसहितको विवरण पनि मासिक रुपमा विभागमा पठाउन श्रम कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

नेपालमा ठूलो संख्यामा भारतीय नागरिकहरु बिना श्रम स्वीकृति कार्यरत छन् । खुला सीमानाका कारण सहजै नेपाल आउन सकिने भएकाले भारतीयका लागि नेपाल सहज श्रम गन्तब्य बनेको छ ।नेपालका विभिन्न कलकारखाना, होटल, प्रतिष्ठान, विकासे आयोजना तथा कार्यालयमा ठूलो संख्यामा भारतीय श्रमिकले काम गर्दै आएका छन् ।

बहुविवाह गर्नेलाई एक वर्ष कैद

rss रासस
माघ २३, २०७५
बहुविवाह गर्नेलाई एक वर्ष कैद
सप्तरी, २३ माघ । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने एक युवकलाई अदालतले एक बैष कैद सजायको फैसला गरेको छ । डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको हो । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ । जयरामले कुटेर घरनिकाला गरेपछि भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा २०७२ फागुन १२ गते रुबनकुमारीसँग दोस्रो विवाह गरेपछि जेठी श्रीमती सञ्जुदेवीले श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका साथ पीडितले विवाह दर्ता, छोराको जन्मदर्ता र दोस्रो…

नेपालको शिक्षा क्षेत्रमा अमेरिकाको सहयोग रहने

rss रासस
माघ २३, २०७५
नेपालको शिक्षा क्षेत्रमा अमेरिकाको सहयोग रहने
पोखरा,२३ माघ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबीच मंगलवार भेट भएको छ। मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आएका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ति अमेरिकाले सँधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। शिक्षाको जग बसाल्न प्राथामिक शिक्षामा विषेश सहयोग गर्न तयार रहेको राजदूत बेरीले बताए। आफूसँग शिक्षा क्षेत्रको धेरै अनुभव भएको र शिक्षा क्षेत्रकै व्यक्ति भएको भन्दै राजदूत बेरीले अनुभव साट्न र समग्र शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्न भेट्न चाहेको बताएको शिक्षा…