ब्रिगेडसामु मनाङलाई कठिन

मनकामना केबुलकार पोखरा कप

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
ब्रिगेडसामु मनाङलाई कठिन

मनाङ मस्र्याङ्दी र ब्रिगेड व्याइज क्लब (सेतो) का खेलाडी प्रतिष्पर्धामा । तस्वीर : राम गुरुङ

पोखरा, २३ माघ । लिगविजेता सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लबले पोखरा रंगशालामा बुधबार ब्रिगेड ब्वाइज क्लबमाथि कठिन जित हात पारेको छ ।

निर्धारित समयको अन्तिम मिनेटसम्म एक–एकको बराबरी खेलेको मनाङले अतिरिक्त समयमा १० खेलाडीमा सीमित ब्रिगेडमाथि स्कोर लिन नसक्दा जिका लागि टाइब्रेकरको नतिजा कुर्नुपर्यो । अन्ततः टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि दावेदार मनाङले दोस्रो सेमिफाइनलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबसँग भेट सुनिश्चित गरेको छ ।

क्यामरुनी टिमले दोस्रो क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ४–१ ले पराजित गरी अन्तिम चारमा ठाउँ सुरक्षित पारिसकेको छ ।

पोखरा रंगशालामा दिनको खेलमा लिगविजेतासामु उत्कृष्ट खेल पस्केको ब्रिगेड व्याइजले टाइब्रेकरमा पदम भट्टराईको पेनाल्टी सुटआउट गोलमा परिणत हुन नसक्दा मनाङलाई जित सुम्पिन बाध्य भयो । रोमाञ्चक टाइब्रेकरमा ब्रिगेडतर्फबाट भट्टराईको पहिलो प्रहार विपक्षी कीपर विशाल श्रेष्ठले बचाउ गरेका थिए ।

पेनाल्टीमा मनाङका लागि सुजल श्रेष्ठ, हेमन गुरुङ, कमल श्रेष्ठ, प्रकाश बुढाथोकी र सुरज विश्वकर्माको बल गोलमा परिणत हुँदा ब्रिगेडका सुरज ठकुरी रणदीप पौडेल, जय गुरुङ र मनोज राईको प्रहारले गोलपोष्टको दिशा लियो ।

यसअघि, निर्धारित ९० मिनेटको खेल सकिन मात्र २ मिनेट रहँदा बिग्रेडका कीपर लक्की कार्की रेड कार्ड खाँदै बाहिरिएका थिए । त्यसपछि १० खेलाडीमा सीमित ब्रिगेडले अतिरिक्त समयमा मनाङलाई बराबरीमा रोक्दै नतिजाका लागि टाइब्रेकरसम्म धकेल्यो ।

मनाङका लागि विदेशी खेलाडी ओलाडिपो अफिज ओलावालाले करीब २० यार्ड नजिकबाटै बल अघि बढाएको अवस्थामा कीपर लक्की कार्कीले डि–बक्स बाहिर आएर बल क्याच गर्न पुगेका थिए । मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठले तत्काल कार्कीलाई तत्काल रेड कार्ड देखाउँदै मैदान बाहिर निकाले ।

उता, ब्रिगेडका प्रशिक्षक सुवित कार्कीले दोस्रो रोजाइका कीपर दीपेश मोक्तानलाई शिशिर लेखीको ठाउँमा मैदान पठाए ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा ब्रिगेडले सुरुवाती अग्रता लिएको थियो । १६ आंै मिनेटमा ब्रिगेडका ऋतिक खड्काले दुई डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए । उनले करिब १८ यार्ड टाढाबाट सेकेण्ड बार च्याप्दै विपक्षी पोष्टमा बल प्रहार गरेका हुन् ।

मनाङले बराबरी खेल्न ६७ मिनेटसम्म कुर्नु पर्यो । ओलावालेले दिएको पास बललाई विमल रानाले फष्टवार च्याच्दै बललाई जाली चुमाएका थिए ।

लिगमा १२ औं स्थानको ब्रिगेडका लागि खेलको ८८ औं मिनेटमा आएर दुर्भाग्य खेप्नुपरे पनि उसका लागि केही उत्कृष्ट अवसर खेल गएका थिए ।

प्रतियोगितामा मनाङका कीपर विशाल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार पाए ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीले पहिलो हाफमा इजी खेल्दा स्कोर गर्न कठिन भएको बताए । उनले ब्रिगेडीको खेललाई पनि उत्कृष्ट रहेको प्रतिक्रिया दिए । आप्mना खेलाडी थाकेकोले पनि सोचेजस्तो खेल्न नसकिएको पोष्टम्याच कन्सरेन्समा उनको भनाइ थियो ।

उता, ब्रिगेडका प्रशिक्षक सुवित कार्कीले आफ्ना ३ विदेशी खेलाडीको अभावमा पनि आफ्नो टिमले राम्रो खेलेको भन्दै सन्तोष व्यक्त गरे । मनाङजस्तो टिमलाई यसरी रोक्न सक्नु पनि खुसीको विषय हो, उनले भने । ब्रिगेडका ३ विदेशी खेलाडीको वर्क परमिट नहुँदा मैदान बाहिरै खुम्चिएका थिए ।

विहीवार पहिलो सेमिफाइनलमा एपीएफ र जापानी रिस्सो युनिभर्सिटीको टीमबीच प्रतिष्पर्धा हुने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ । एपीएफले यसअघि थ्रिस्टारलाई र जापानी टिमले नेपाल पुलिसलाई समान १–० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेशका लागि एकअर्काबीच भेट सुनिश्चित गरेका हुन् । प्रतियोगिताको फाइनल शनिबार हुने जनाइएको छ ।

मेयर सुन्न कार्यकक्षमा विद्यार्थी

नवराज पहाडी
माघ २४, २०७५
मेयर सुन्न कार्यकक्षमा विद्यार्थी
लमजुङ, २३ माघ । सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रको कार्यकक्षमा अन्य दिनभन्दा बुधबार भिन्न दृश्य देखियो । कार्यालय समयमा मेयरको कार्यकक्षमा स्कूले विद्यार्थी खचाखच भरिए । ती विद्यार्थी कुनै माग लिएर आएको नभइ मेयरसँग साक्षात्कार तथा अन्तरक्रिया गर्न पुगेका हुन् । ती थिए, सयपत्री आवासीय माध्यमिक विद्यालयको कक्षा–६, ७, ८ र ९ का विद्यार्थी । ‘हाम्रो सयपत्री राम्रो सयपत्री अभियान’मा जुटेको विद्यालय व्यवस्थापन समितिले विद्यार्थीका प्रतिभा निखार्न, उनीहरूलाई जिज्ञासु बनाउन, समाजका विविध परिवेशसँग परिचित गर्ने गराउने गरी आएको सो विद्यालयको सञ्चालक समिति अध्यक्ष विष्णकुमार श्रेष्ठले बताए । मेयर मिश्रसँग विद्यार्थी प्रत्यक्ष भेटघाट अन्तरक्रियामा विद्यार्थीको उत्साहजनक साथै सक्रिय सहभागी भए । उनीहरुले अनौठो अनुभूति गर्दै जिज्ञासु बनेर मेयरका…

यु–१८ टेनिसमा प्रिक्वाटरका खेल सम्पन्न

एजेन्सी
माघ २४, २०७५
यु–१८ टेनिसमा प्रिक्वाटरका खेल सम्पन्न
पोखरा, २३ माघ । पोखरामा जारी यु–१८ डिभिजन–५ आइटीएफ टेनिस प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ प्रि–क्वाटरफाइनल खेल सम्पन्न भएका छन्। पुरुष एकलमा शीर्ष वरियताका खेलाडी फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले जर्मनका पउल अर्मिनलाई ७–५, ६–१ सेटमा पराजित गरे। जापानका जेनी इनोउले प्रभावशाली खेल प्रस्तुत गर्दै भारतका अनमोल जैन पंकजलाई पराजित गरे। उनले जैनलाई ६–०, ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए। भारतका अनुराग अग्रवालले जापानका ताकुमी वातानावेलाई ६–१, ६–२, भारतकै इशान सेठीले चाइनाका जिछुन लीलाई ६–४, ६–३, भारतकै दीपेन्द्र…